कांग्रेस संगठनलाई नयाँ गति दिने प्रतिबद्धतासहित होमनाथ पोख्रेलको उम्मेदवारी


shiva
Single Before Content Ad

सुन्दरहरैंचा । आश्विन ६ गते।

मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिसँग जोडिँदै आएका होमनाथ पोख्रेलले नेपाली कांग्रेस सुन्दरहरैंचा नगर कार्यसमितिको सभापति पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय पोख्रेलले आफ्नो राजनीतिक यात्रा संगठन निर्माण, पार्टी गतिविधि र सामाजिक सरोकारका विषयमा निरन्तर सक्रिय रहँदै अघि बढाएको बताएका छन्। सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका पोख्रेलले व्यक्तिगत तथा पारिवारिक कठिनाइका बाबजुद पनि कांग्रेसको संगठनात्मक यात्रालाई निरन्तरता दिएको उल्लेख गरेका छन्।

राजनीतिक यात्राका क्रममा रोजगारी तथा व्यवसायका विभिन्न अवसर आए पनि आफूले ती अवसरभन्दा पार्टीको संगठनात्मक जीवनलाई प्राथमिकता दिएको पोख्रेलको भनाइ छ। करिब चार दशक लामो राजनीतिक यात्रापछि उनले अहिले सुन्दरहरैंचा नगरसभापति पदमा उम्मेदवारी प्रस्तुत गरेका हुन्।

उम्मेदवारी प्रस्तुत गर्दै पोख्रेलले पार्टीलाई थप व्यवस्थित, सक्रिय र संगठनात्मक रूपमा सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। उनले सुन्दरहरैंचा नगरपालिकाका सम्पूर्ण प्रजातन्त्रप्रेमी तथा पार्टीका नेता–कार्यकर्तासमक्ष आफ्नो उम्मेदवारीलाई समर्थन गर्दै मतदान गर्न आग्रहसमेत गरेका छन्।

पोख्रेलको उम्मेदवारीसँगै सुन्दरहरैंचा कांग्रेसको नगर नेतृत्वका लागि हुने प्रतिस्पर्धामा थप चासो बढेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार