लागुऔषधविरुद्ध सचेतना फैलाउँदै भुल्के युवा समाज, दुई विद्यालयमा जनचेतनामूलक कार्यक्रम


Single Before Content Ad

सुन्दरहरैँचा । आश्विन १३ गते

मोरङको सुन्दरहरैँचा–८, भुल्के युवा समाजको आयोजनामा सञ्चालन भइरहेको ‘सचेत युवा, सुरक्षित समाज’ अभियानअन्तर्गत आज श्री शिक्षा निकेतन माध्यमिक विद्यालय र क्वेस्ट इङ्लिस सेकेन्डरी स्कुलमा विद्यालयस्तरीय जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

 कार्यक्रममा विद्यार्थी तथा युवालाई लागुऔषध दुर्व्यसनविरुद्धको जनचेतना, ट्राफिक नियमको पालना तथा सडक सुरक्षासम्बन्धी जानकारी तथा सचेतनामूलक सन्देश प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको सहभागितामा अन्तरक्रिया तथा जनचेतनामूलक गतिविधिसमेत सञ्चालन गरिएको थियो ।

कार्यक्रमबारे जानकारी दिँदै भुल्के युवा समाजका का वा. अध्यक्ष अनुभव घिमिरेले आजको पुस्तालाई लागुऔषध दुर्व्यसनबाट जोगाउँदै ट्राफिक नियम तथा सडक सुरक्षाप्रति जिम्मेवार बनाउन अभियान सञ्चालन गरिएको बताउनुभयो। उहाँले विद्यालय तहबाटै विद्यार्थीमा सचेतना अभिवृद्धि गर्न सके सुरक्षित तथा जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो।

उक्त कार्यक्रम सुन्दरहरैँचा नगरपालिका–८ को समन्वयमा, इलाका प्रहरी कार्यालय, विराटचोक र ट्राफिक प्रहरी पोस्ट, विराटचोकको समन्वय तथा आश्रय सुधार केन्द्र, गछियाको सहयोगमा सञ्चालन गरिएको हो। कार्यक्रममा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

भुल्के युवा समाजले २०८३/०६/१३–१४ गते सञ्चालन गरेको यस अभियानमार्फत युवाहरूमा लागुऔषधविरुद्धको सचेतना, ट्राफिक अनुशासन र सडक सुरक्षाको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार