हातेमालोको रजत जयन्ती विशेषः अन्तरक्रियादेखि खेलकुदसम्म विविध कार्यक्रम


shiva
Single Before Content Ad

सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे। आश्विन १३ गते

मोरङको सुन्दरहरैँचा–१०, खोर्साने स्थित हातेमालो बहुउद्देशीय सहकारी संस्थाको २५औँ स्थापना दिवस अर्थात् रजत जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज असोज १३ गते अन्तरक्रिया तथा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिएको छ।

रजत जयन्ती कार्यक्रम अन्तर्गत असोज ११ गते निःशुल्क आँखा शिविर तथा असोज १२ गते चेस प्रतियोगिता सम्पन्न भइसकेका छन्। त्यस्तै, चेस प्रतियोगितामा गंगा ढकाल प्रथम, लक्ष्मीकुमार श्रेष्ठ दोस्रो र अशोक राई तृतीय भएका थिए भने दियोग ढकालले ‘ब्लुमिङ प्लेयर’ को उपाधि प्राप्त गरेका थिए।

 संस्थाका अध्यक्ष हेमराज सुवेदीले सहकारीको २५ वर्षे यात्रालाई सदस्य तथा समुदायसँग जोडेर मनाउन विभिन्न रचनात्मक तथा सामाजिक कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले रजत जयन्तीका अवसरमा सञ्चालन गरिएका कार्यक्रमले सहकारी र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

संस्थाकी व्यवस्थापक योजना शर्माले सहकारीको २५औँ स्थापना दिवसलाई सदस्य तथा समुदायसँग जोडेर विविध कार्यक्रमसहित मनाइरहेको बताउनुभयो। उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, खेलकुद तथा अन्तरक्रियाजस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो।

आज असोज १३ गते रजत जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागीबीच अन्तरक्रिया सहित विभिन्न खेलकुद गतिविधि सञ्चालन गरिएको संस्थाले जनाएको छ। कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो।

त्यस्तै असोज १४ गते साधारणसभा तयारी, असोज १५ गते लोगो अनावरण तथा असोज १६ गते २४औँ वार्षिक साधारणसभा, रजत जयन्ती समारोह एवं पुस्तक विमोचन लगायतका कार्यक्रम आयोजना हुने भएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार