महिलाको आकर्षण बन्यो मनकामना ब्यूटी होम, एकदिने निःशुल्क मेहेन्दीसँगै श्रावण अफर


shiva
Single Before Content Ad

शिव भट्टराई भोजपुरे / सुन्दरहरैँचा, साउन २ गते

श्रावण महिनाको आगमनसँगै मोरङको सुन्दरहरैँचा–३ गछिया बजारस्थित मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर तथा यसैअन्तर्गत सञ्चालित मनकामना ब्यूटी होमले विशेष श्रावण कार्यक्रम सुरु गरेको छ। कार्यक्रमअन्तर्गत महिलाहरूलाई निःशुल्क मेहेन्दी लगाएर श्रावण उत्सवको स्वागत गरिएको हो।

 सेन्टरकी सञ्चालिका कमला न्यौपाने दाहालका अनुसार नेपाली महिलाहरूको विशेष पर्वका रूपमा मनाइने श्रावणलाई लक्षित गर्दै सेवाग्राहीप्रति आभार व्यक्त गर्ने उद्देश्यले निःशुल्क मेहेन्दी कार्यक्रम सञ्चालन गरिएको हो। साथै, श्रावण महिनाभर मनकामना ब्यूटी होमबाट प्रदान गरिने विभिन्न सौन्दर्य सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताइन्।

उनले विगत आठ वर्षदेखि सञ्चालनमा रहेको मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरले विशेषगरी महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगारमुखी बनाउन सीटीईभीटीबाट मान्यता प्राप्त विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिइन्। दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै महिलाहरूलाई व्यावसायिक रूपमा सक्षम बनाउने उद्देश्यका साथ संस्थाले निरन्तर गुणस्तरीय तालिम प्रदान गर्दै आएको उनको भनाइ छ।

श्रावण विशेष कार्यक्रमअन्तर्गत ब्यूटी होममा पुगेका सेवाग्राही मन्जु भट्टराई , कमला पोख्रेल लगायत महिलहरुले निःशुल्क मेहेन्दी सेवा र छुट सुविधाले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्तो कार्यक्रमले महिलाहरूलाई पर्वको खुसीसँगै गुणस्तरीय सेवा सहज रूपमा प्राप्त गर्ने अवसर मिलेको बताएका छन्।

सञ्चालिका दाहालले श्रावण महिनाभर सञ्चालन हुने विशेष छुट योजनाको लाभ उठाउन सम्पूर्ण सेवाग्राहीलाई मनकामना ब्यूटी होममा आउन आग्रह गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा र सीपमूलक तालिमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन्।

सुन्दरहरैँचा क्षेत्रमा सौन्दर्य सेवा र व्यावसायिक सीप विकासका क्षेत्रमा सक्रिय मनकामना स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर तथा मनकामना ब्यूटी होमले विगत आठ वर्षदेखि सेवा दिँदै आएको छ।

नेपाली महिलामाझ हरियाली, सौभाग्य र भगवान शिवप्रतिको आस्थाको प्रतीक मानिने श्रावण महिनामा मेहेन्दी लगाउने, हरियो चुरा तथा पहिरन धारण गर्ने र शिवको पूजा–आराधना गर्ने परम्परा रहिआएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार