द राइजिङ्ग इङ्गलिस स्कूलको ३३औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न


Single Before Content Ad

सुन्दरहरैचा ।

मोरङ सुन्दरहरैंचा नगरपलिका वडा-१० मा रहेको द राइजिङ्ग इङ्गलिस स्कूलले आफ्नो ३३औं वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालयले विभिन्न सांस्कृतिक प्रस्तुति, खेलकुद, कला, र शैक्षिक उपलब्धि सम्बन्धी प्रतियोगिताहरू आयोजना गरी उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको छ।

कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यालयले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको थियो।

त्यसैगरी, विद्यालयको विकासमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षक तथा कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो।विद्यालयका प्रधानाध्यापकले विद्यालयको शैक्षिक प्रगति, विद्यार्थीहरूको सर्वाङ्गीण विकास तथा भविष्यमुखी शिक्षण विधिबारे आफ्नो धारणा राख्दै आगामी वर्षहरूमा अझ प्रभावकारी शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

समापन कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका सहायक परीक्षा नियन्त्रक विराटनगर मोरङका डाः गोविन्द गुरागाईंले विद्यालयको ३३ वर्षे शैक्षिक यात्राको प्रशंसा गर्दै विद्यार्थीहरूको क्षमता अभिवृ‌द्धि गर्ने यस्ता कार्यक्रमको आवश्यकतामाथि प्रकाश पारे। विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मकता, आत्मविश्वास, अनुशासन तथा नेतृत्व विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ।

कार्यक्रम सांस्कृतिक नृत्य, गायन, कविता वाचन, नाटक प्रस्तुति जस्ता विविध गतिविधिसहित मनोरञ्जनात्मक तथा प्रेरणादायी रूपमा सम्पन्न भएको थियो।

प्रिन्सिपल गोपाल पाठकले आफ्नो विद्यालयको प्रगति विवरण सार्वजनिक गर्दै विद्यालयलाई अनुशासित र मर्यादित बनाउन अभिभावकको भूमिका महत्त्वपूर्ण रहेको बताए।। साथै, कानुन र विज्ञान संकायको लागि आवश्यक स्वीकृति लिइसकेको जानकारी दिँदै, होटेल व्यवस्थापनको पठनपाठनलाई अझ प्रभावकारी बनाउन क्राउन होटललाई प्रयोगात्मक अध्ययनस्थलका रूपमा लिएको उल्लेख गरे।

विद्यालयले कमजोर विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न अतिरिक्त कक्षा सञ्चालन गरिरहेको समेत बताए। प्रविधिमैत्री शिक्षालाई प्रवर्द्धन गर्दै प्रत्येक कक्षाकोठामा स्मार्ट बोर्ड प्रविधि र पुस्तकालय कर्नरको व्यवस्था गर्न लागेको जानकारी गराए।

अभिभावकहरूको भूमिका अझ सशक्त बनाउन अभिमुखीकरण कार्यक्रमलाई प्राथमिकता दिइने र डिजिटल उपकरणको सही प्रयोगसम्बन्धी सचेतना तथा साइबर क्राइमसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरिने प्रिन्सिपल पाठकले बताए।

कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका ख्यातिप्राप्त गायक एम. बराल विशेष आकर्षण बनेका थिए। विद्यालयले उनलाई विशेष सम्मानसमेत प्रदान गर्यो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापाले विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि निरन्तर सुधारका कार्यक्रम अघि बढाइरहेको बताए। उनले अभिभावक, विद्यार्थी तथा शिक्षकबीचको समन्वयले मात्र शिक्षामा गुणस्तर वृद्धि गर्न सकिनेमा जोड दिए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार