इन्द्रपुर जेसिज र इन्द्रपुर जुनियर जेसिजद्वारा आयोजित ‘नारी सम्मान’ कार्यक्रम सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

इन्द्रपुर जेसिज र इन्द्रपुर जुनियर जेसिजको संयुक्त आयोजनामा सम्पन्न 'नारी सम्मान' कार्यक्रम अत्यन्तै सफल रह्यो। अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा आयोजित यस विशेष कार्यक्रममा महिलाहरूको सशक्तिकरण तथा समाजमा उनीहरूको योगदानको सम्मान गरिएको थियो।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा आप्रवासी महिला कामदार सेवा, मोरङकी अध्यक्ष उमा सेढाईलाई विशेष सम्मान प्रदान गरियो। महिला सशक्तिकरण, विशेषगरी आप्रवासी महिला कामदारहरूको हकहित र अधिकार संरक्षणका लागि उहाँले गरेको योगदान उल्लेखनीय रहेको भन्दै आयोजक संस्थाले उहाँप्रति उच्च सम्मान व्यक्त गरेको थियो।

कार्यक्रममा उपस्थित वक्ताहरूले महिलाहरूको भूमिका, उनीहरूको अधिकार र समाजमा परिवर्तन ल्याउन सक्ने क्षमताबारे प्रकाश पारे। महिला सशक्तिकरणका लागि विभिन्न तहमा नीति निर्माण तथा व्यवहारिक कार्यान्वयनको आवश्यकता रहेकोमा जोड दिइयो।

कार्यक्रमलाई सफल बनाउन योगदान दिने सबै आयोजक, सहभागी तथा शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गर्दै इन्द्रपुर जेसिज वर्ष २०२५ का अध्यक्ष आकाश दुलालले भने, "नारी सशक्तिकरण नै विकास र समृद्धिको आधार हो। यस्ता सम्मान कार्यक्रमहरूले महिलाहरूलाई अझ प्रेरित गर्ने विश्वास लिएको छ।"

कार्यक्रममा विभिन्न क्षेत्रका सामाजिक अभियन्ता, महिला अधिकारकर्मी तथा समुदायका अग्रजहरूको उत्साहजनक सहभागिता रहेको थियो। आयोजकले आगामी दिनहरूमा पनि महिला सशक्तिकरण र समान अवसरका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार