जुपिटर इङ्लिस स्कुलको ३० औं बार्षिक उत्सव तथा अभिभावक दिवस सुरु


Single Before Content Ad

सुन्दरहरैचा /

मोरङको सुन्दरहरैंचा वार्ड नं ३ गछियामा रहेको जुपिटर इंगलिस स्कुलले आफ्नो ३० औं बार्षिक उत्सव तथा अभिभावक दिवस बिहिवार देखि सुरु भएको छ। २ दिन सम्म चल्ने सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुनराज अधिकारीको सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा नगर प्रमुख केदार प्रसाद गुरागाईंको प्रमुख आत्थ्यितामा कार्यक्रम उद्घाटन भएको थियो ।

सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख गुरागाईंले कार्यक्रमको उदघाटन गर्दै अहिलेको बिज्ञान  र प्रविधिको युगमा शिक्षालाई प्रविधि क्षेत्रमा समेत परिस्कृत बनाउनु पर्ने धारणा राख्नुभयो। विद्यालयको सफलता भनेको विद्यार्थीको सफलता भएकोले विद्यालयले प्रतिस्पर्धाको क्षेत्रमा गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो।

सो कार्यक्रममा प्रिन्सिपल हरिश्चन्द्र ढकालले विद्यालयको प्रगति विवरण तथा अगामी कार्ययोजना प्रस्तुत गर्दै  विद्यार्थीलाई कक्षाकोठामा किताब पढाएर, कपिमा मात्र लेखाएर रोल नम्बर ल्याउछ भन्ने मात्र होइन विद्यार्थीको समुचित विकासका लागी क्षमता बिकासका लागी बर्षभरी बिबिध कार्यक्रम संचालन गर्दै आएको धारणा प्रस्तुत गर्नुभयो। विद्यार्थीहरुको शैक्षिक गुणस्तर संगै खेल क्षेत्रसंगै अतिरिक्त कृयाकलापलाई विद्यालयले प्राथमिकताको विषयमा समेत राखेको छ।समय सापेक्ष रुपमा विद्यालयले शैक्षिक सिकाई बिधि तथा अन्य क्रियाकलापमा समेत  शिक्षक ,अभिभावक तथा विद्यार्थी बिच अभिभावक शिक्षा कार्यक्रम, अन्तरक्रिया कार्यक्रम समेत गर्दै आएको ढकालले बताउनुभयो ।

साथै सो कार्यक्रममा प्लेग्रुप देखि कक्षा ५ सम्मका बिद्यार्थीको प्रतिभा प्रतिभा प्रष्पुटन भएको थियो भने भोलि शुक्रवार  कक्षा ६ देखि १० सम्मका विद्यार्थीको प्रतिभा प्रष्पुटन हुनेछ। साथै विविध विद्यामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने  सो कार्यक्रममा जुपिटर सिंगिङ आइडल फाइनल प्रतियोगिता समेत संचालन भएको थियो। जुपिटर सिंगिङ आइडल फाइनल प्रतियोगितामा  मिसि तमाङ भएकी छिन।

विद्यार्थीले  किताबी ज्ञान संगै ब्यबहारमा उतार्न  आफैले निर्माण गरेका  शैक्षिक समाग्री प्रदर्शनी समेत गरेका छन भने भोली  सो कार्यक्रम सोमबार समापन हुनेछ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार