सुन्दरहरैँचा नगरपालिकामा मेलमिलाप सम्बन्धि आठ दिवसीय आधारभूत तालिम सुरू


shiva
Single Before Content Ad

सुन्दरहरैंचा / 

न्यायिक समिति सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा “हाम्रो समस्या हाम्रै समाधान: मेलमिलाप” भन्ने नाराका साथ सुन्दरहरैँचा नगरपालिकामा मेलमिलाप सम्बन्धि आठ दिवसीय आधारभूत तालिम सुरू भएको छ ।

न्यायिक समिति संयोजक तथा नगरउपप्रमुख अकली चौधरीको अध्यक्षतामा नगरपालिकाको सभाहलमा सुरु भएको तालिम कार्यक्रमको उदघाटन नगरप्रमुख केदारप्रसाद गुरागाईँ, जिल्ला न्यायधीश ध्रुबराज कार्की, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद व्हौलागईंले संयुक्तरूपमा गर्नुभयो ।


प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईंले स्वागत मन्तव्य व्यक्त गर्दै तालिमबाट मेलमिलाप समबन्धि कला र सिप हासिल गरेर समाजमा दुवै पक्षलाई बिषयको अनुभूति दिएर भूमिका निर्वाह गर्न र मेलमिलापका आधारभूत पक्ष हासिल गरेर ब्यबहारमा उतार्न शुभेक्षा प्रकट गर्नुभयो ।
नगरपालिकाको आयोजना तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका संगीता बिष्ट र चेतराज बिष्टको सहजीकरणमा मंगलबारबाट तालिम सुरु भएको हो ।


नगरको १२ वटै वडाबाट तालिममा ३६ जना नयाँ मेलमिलापकर्ताको सहभागीता रहेको छ । तालिम उदघाटन कार्यक्रममा जिल्ला न्यायाधीश ध्रुबराज कार्कीले आफ्ना धारणा राख्दै यसले एन को उद्धेश्य परिपूर्ति गर्न र ब्यबहारिक समस्या समाधान गर्न उल्लेखनीय भूमिका खेल्ने बताउनुभयो ।


नगर प्रमुख केदार प्रसाद गुरागाईंले तालिमले व्यक्तिमा जीवन उपयोगी हुने र कानुनका न्युनतम कुरा बुझनका लागि महत्वपूर्ण रहेको भन्दै कतिपय राजनीतिक घटना परिघटना परेका मुद्धाहरुमा छुटकारा पाउन सकिन्छ तर कानुनको अपहेलना भलै अज्ञानताको कारणले भएपनि छुट नहुने धारणा राख्नु भयो ।


उदघाटन सत्रमा नगर प्रवक्ता रोशनप्रसाद ढकाल, न्यायिक समिति सदस्य कैलाश बस्नेत, सदस्य रोशननाथ उप्रेती, अधिवक्ता बालकृष्ण आचार्य लगायतको उपस्थिति रहेको थियो भने तालिम फागुन ८ गते सम्म चल्नेछ ।गाउँघरमा हुने सानातिना विवादहरु निष्पक्ष रुपमा गाउँ तथा वडास्तरमै मेलमिलाप गर्नका लागि मेलमिलाप सम्बन्धी आधारभुत तालिमको आबश्यक रहेको न्यायिक समिति सदस्य रोशननाथ उप्रेतीले बताउदैं जटिल प्रकृतिका घटना बाहेक सामान्य घटनाहरु वडामै मिलाउनुपर्ने बताउँदै यसले सभ्य समाज निर्माणमा सहयोग पुग्ने जानकारी दिनुभयो ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार