पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. सुजनबाबु मरहठ्ठाद्वारा पदभार ग्रहण


Single Before Content Ad

सुन्दरहरैँचा (मोरङ)शिव भट्टराई भोजपुरे —असार २३ गते

पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. सुजनबाबु मरहठ्ठाले आज मोरङको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ।

पदभार ग्रहणपछि आयोजित कार्यक्रममा उपकुलपति मरहठ्ठाले नेपाल सरकारको शिक्षा नीति तथा विश्वविद्यालयको उद्देश्यअनुरूप गुणस्तरीय, परिणाममुखी र प्रभावकारी शैक्षिक प्रशासनलाई प्राथमिकतामा राख्दै विश्वविद्यालयको समग्र शैक्षिक, प्राज्ञिक तथा संस्थागत विकासका लागि प्रतिबद्ध भएर कार्य गर्ने बताउनुभयो।

उहाँले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन, सुशासन, पारदर्शिता तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकता बनाइने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा. रमेशबाबु काफ्ले, निवर्तमान उपकुलपति प्रा. डा. विजुकुमार थपलिया लगायत विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नवनियुक्त उपकुलपति मरहठ्ठाको पदभार ग्रहणसँगै पूर्वाञ्चल विश्वविद्यालयमा शैक्षिक सुधार, संस्थागत सुदृढीकरण र प्रभावकारी व्यवस्थापनप्रति नयाँ अपेक्षा बढेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार