मानवीय सेवामा लायन्स क्लबको सक्रियता, विपद्को घडीमा बाँसबारीमा रक्तदानबाट ७५ पिन्ट रगत संकलन


Single Before Content Ad

सुन्दरहरैँचा (मोरङ) :शिव भट्टराई भोजपुरे

भाद्र १४ गते। हालै रसुवामा आएको बाढी तथा विपद्का कारण घाइते तथा बिरामीको उपचारमा रगतको आवश्यकता बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै मोरङको बाँसबारीमा आयोजना गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।

लायन्स/लियो क्लब अफ बाँसबारी र लायन्स क्लब अफ बलियाको संयुक्त आयोजनामा आइतबार बाँसबारी चोकमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा दुलारी सरोकार मञ्च, विभिन्न टोल विकास समिति, संघ–संस्था तथा सामाजिक अभियन्ता लगायतको सहकार्य रहेको थियो।

नेपाल रेडक्रस सोसाइटी धरान, सुनसरीको प्राविधिक टोलीको सहयोगमा सम्पन्न कार्यक्रममा लायन मनिता दंगाल, लायन नागेश पोख्रेल, स्थानीयवासी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ बाँसबारीकी अध्यक्ष पवित्रा गौतम भण्डारीले विपद्को समयमा हुन सक्ने रगत अभावलाई मध्यनजर गर्दै मानवीय सेवाको उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ। उहाँले रक्तदानमार्फत संकलित रगत आवश्यक परेका बिरामी तथा घाइतेको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहभागी सबैलाई धन्यवाद दिनुभयो।

त्यस्तै, लायन्स क्लब अफ बलियाकी अध्यक्ष प्रश्ना सिग्देल खनालले विपद्को समयमा रक्तदानजस्तो मानवीय कार्यमा सहभागी हुनु सामाजिक उत्तरदायित्वसमेत भएको बताउँदै रक्तदानका लागि उपस्थित सबैप्रति आभार व्यक्त गर्नु भएको छ।

कार्यक्रममा लायन्स क्लब अफ बाँसबारीका पुर्व अध्यक्ष प्रकाश सिग्देलले विपद्का बेला रगतको आवश्यकता बढ्न सक्ने भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनु भयो। कार्यक्रममा लायन्स क्लब अफ बाँसबारीका सचिव शरद भण्डारीले संकलित ७५ पिन्ट रगत उपचारका क्रममा आवश्यक पर्ने बिरामी तथा घाइतेका लागि उपयोगी हुने विश्वास गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता, सहयोगी संस्था, स्वयंसेवक, प्राविधिक टोली, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।

रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरूले विपद्को समयमा घाइते तथा बिरामीको उपचारमा रगतको आवश्यकता पर्न सक्ने भएकाले आफूहरूले रक्तदान गरेको बताएका छन्। उनीहरूले रक्तदानलाई सामाजिक उत्तरदायित्वका रूपमा लिँदै नियमित रूपमा यस्ता मानवीय सेवाका अभियानमा सहभागी हुनुपर्नेमा जोड दिए।

“रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले विपद्को समयमा मानवीय सेवाप्रति सामाजिक संघ–संस्था र स्थानीय समुदायको सक्रिय सहभागितालाई समेत उजागर गरेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार