नोबलमा श्रवण अशक्तता भएका बिरामीहरुका लागि cochlear implant सम्बन्धी कार्यक्रम सम्पन्न


Single Before Content Ad

बैशाख ९ गते।

नोबेल शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागद्वारा आयोजित cochlear implant सम्बन्धित कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा cochlear implant गराएका बालबालिका र उहाहरूका अभिभावकहरूको उत्साहजनक सहभागिता सहित नोबेलको नाक, कान, घाँटी विभागका चिकित्सक, आवासिय चिकित्सक, मेडिकल अफिसर लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा काठमाडौंका बरिष्ठ स्पीच ल्याङवेज प्याथोलोजिष्ट सविन शर्मा तथा अष्ट्रियाका अडियोलोजिष्ट एण्ड स्पीच थेरापिष्ट डागमर हेर्मानोभाले प्रस्तुतिकरण गर्नु भएको थियो । सुन्न र बोल्न नसक्ने समस्यासम्बन्धी आधुनिक उपचार र अनुभवहरू साझा गरिएको थियो। साथै, cochlear implant को निरन्तरता सुनिश्चित गर्न speech therapy तथा hearing therapy को महत्वबारे पनि चिकित्सकहरूले जानकारी दिएका थिए।

श्रवण अशक्तता भएका बिरामीहरु, विशेषगरी बालबालिकाहरुका लागि cochlear implant बरदान स्वरुप रहेको छ । यो सेवा सुरु भए यता बरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डा. शंकर प्रसाद साह नेतृत्वको चिकित्सा टोलीद्वारा नोबेलमा पाँच जना बालबालिकाहरुको यो प्रविधीबाट उपचार भईसकेको छ ।

Cochlear implant पछि बालबालिकाको जीवनमा आएको सकारात्मक परिवर्तन, उनीहरूको आत्मविश्वास र अभिभावकहरूको खुशीले कार्यक्रमलाई अझ भावनात्मक बनाएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार