सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९औँ वार्षिक साधारण सभा सम्पन्न


shiva
Single Before Content Ad

शिव भट्टराई भोजपुरे/ सुन्दरहरैचा
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।
सहारा नेपाल साकोस सेवा केन्द्र बलियाको आयोजनामा सम्पन्न साधारण सभा सुन्दरहरैचा ६ स्थित सुन्दरपुर साना किसान कृषि सहकारी संस्थाको सभाहलमा आयोजना गरिएको हो।

साधारण सभामा सफल व्यवसायी तथा वित्तिय क्षेत्रका अनुभवी व्यक्तित्व सेवा केन्द्रका सेयर सदस्य कृष्ण प्रसाद उप्रेती प्रमुख आतिथ्य रहेको थियो। त्यसैगरी सेवा केन्द्र बलियाका सन्चालक उपसमिति सदस्य मदन बहादुर विष्टको सभापतित्व रहेको थियो।

सेवा केन्द्र बलियाका कर्मचारी अम्बर लिम्बुले सञ्चालन गरेको कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनाबारे विस्तृत रूपमा छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी विष्टले सदस्यहरूको नियमित बचत, पारदर्शी व्यवस्थापन र समुदायप्रतिको उत्तरदायित्वले सहकारीलाई दिगो बनाउने उल्लेख गर्दै सहारा नेपाल साकोसले यस क्षेत्रको विश्वास जित्न सफल भएको धारणा राखेका छन्।

सहारा नेपाल साकोस संचालक समिती द्वितीय उपाध्यक्ष ज्ञानुनाथ मैनालिको विशिस्ट आतिथ्यता रहेको कार्यक्रममा
सन्चालक समिती सदस्य नर्वदा सङ्ग्रौलाले शुभकामना मन्तव्य राखेकि थिईन्।

सोमबार भएको साधारण सभामा बलिया सेवा केन्द्र प्रमुख शिला कडरिया, बेलबारी सेवा केन्द्र प्रमुख सबिता गिरिको उपस्थिति रहेको थियो। त्यसैगरी कार्यक्रममा संस्था कर्मचारी, सेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले सहकारीले बचत, ऋण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहमा जोड दिनुपर्ने बताएका थिए।

संस्थाले आफ्नो वार्षिक साधारण सभाको अवसरमा जेष्ठ सेयर सदस्य देशिमान चौधरी, उत्कृष्ट बचतकर्ता तर्फ कविता काफ्ले ,उत्कृष्ट ऋणी तर्फ शोभा मगर लगायत सहकारीका सदस्यहरूलाई विभिन्न विधामा सम्मान सहित पुरस्कृत गरेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार