पर्वसँग जोडिएको सिर्जनात्मक सिकाइ : हिमालयमा नागपञ्चमी विशेष गतिविधि


Single Before Content Ad

सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे, भाद्र २ गते

मोरङको सुन्दरहरैँचा–१० स्थित हिमालय इङ्लिस स्कुलमा नागपञ्चमीको अवसरमा बालबालिकाका लागि सिर्जनात्मक रंगभर्ने गतिविधि आयोजना गरिएको छ।

नागपञ्चमी पर्वको सांस्कृतिक तथा धार्मिक महत्वबारे बालबालिकालाई परिचित गराउँदै नागको चित्रमा विभिन्न रंग भर्न लगाइएको थियो। विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो सिर्जनशीलता, कल्पनाशक्ति र कलात्मक क्षमता प्रस्तुत गरेका थिए।

रंगभर्ने गतिविधिमार्फत विद्यार्थीहरूले नेपाली संस्कृति तथा पर्वबारे जानकारी लिनुका साथै रमाइलो वातावरणमा सिर्जनात्मक सिकाइको अनुभव गरेका थिए। विद्यालयले यस्ता व्यावहारिक तथा मनोरञ्जनात्मक गतिविधिले बालबालिकाको सिर्जनशीलता र सिकाइप्रतिको रुचि बढाउन सहयोग पुग्ने जनाएको छ।

नागपञ्चमीको अवसरमा आयोजित उक्त गतिविधि संस्कृति, सिर्जनशीलता र बालमैत्री सिकाइको सुन्दर संयोजन बनेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार