शैक्षिक प्रतिस्पर्धामा हिमालय इङ्गलिस स्कूलको गौरवमय सफलता


shiva
Single Before Content Ad

सुन्दरहरैचा । असार १ गते ।

सुन्दरहरैंचा नगरपालिका नेशनल प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा सम्पन्न नगर स्तरीय हस्तलेखन प्रतियोगितामा हिमालय इङ्गलिस स्कूल, सुन्दरहरैंचा–१०, मोरङका विद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गरेका छन्।

प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूले विभिन्न तहमा उल्लेखनीय सफलता प्राप्त गर्दै विद्यालयको गौरव बढाएका छन्। पहिलो तह मा अंग्रेज़ी भाषामा प्रथम स्थान, दोश्रो तहमा अंग्रेज़ी र नेपाली दुबै भाषामा प्रथम स्थान, तेस्रो तह मा अंग्रेज़ीमा प्रथम र नेपालीमा द्वितीय स्थान, चौथो तह मा अंग्रेज़ी र नेपाली दुबै भाषामा प्रथम स्थान, तथा पाँचौ तह मा पनि अंग्रेज़ी र नेपाली दुबै भाषामा प्रथम स्थान हासिल गरेका छन्।

विद्यालयका प्रधानाध्यापक कमल खनालले उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई व्यक्त गर्नुका साथै उनीहरूलाई मार्गदर्शन गर्ने शिक्षकहरूलाई पनि विशेष धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ।

उहाँले भन्नुभयो, “विद्यार्थीहरूको यो उपलब्धिले विद्यालयको शैक्षिक तथा सह–पाठ्यक्रमगत क्षमताको परिचय दिन्छ। आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छौं।”

प्रतियोगिताले विद्यार्थीहरूको लेखनकला र सिर्जनशीलतालाई प्रोत्साहन गरेको भन्दै अभिभावक तथा स्थानीय शिक्षाप्रेमीहरूद्वारा विद्यालयको प्रयासप्रति प्रशंसा व्यक्त गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार