लेटाङ नगरपालिकामा कार्यसम्पादन सम्झौता सम्पन्न, खर्चको अख्तियारी प्रदान


shiva

लेटाङ । लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न गरेको छ । नगरपालिकाको सभाहलमा नगर प्रमुख भूपेन्द्रकुमार लावतीको अध्यक्षतामा नगर उपप्रमुख कृष्णकुमारी निरौलाको समेत उपस्थितिमा भएको कार्यक्रमकाबीच कार्यसम्पादन सम्झौता गरिएको हो।

नगरप्रमुख भूपेन्द्रकुमार लावती र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीबीच तथा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी र शाखा प्रमुखहरुबीच कार्यसम्पादन सम्झौता गरिएको हो ।

नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्रमा कार्यसम्पादन सम्झौता गर्नुपर्ने कानुनी व्यवस्था भएपनि लेटाङ नगरपालिकाले भने दोश्रो दिनमै कार्यसम्पादन सम्झौता सम्पन्न गरेको हो । अब यो सम्झौता अनुशार एक हप्ता भित्र कार्यतालिका बनाएर सोहि अनुसार योजनाहरुको कार्यान्वयन गरिने बताइएको छ ।

यस्तै सोहि कार्यक्रममा खर्चको अख्तियारी पनि प्रदान गरिएको छ । नगर प्रमुख भूपेन्द्रकुमार लावतीले प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीलाई र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले शाखा प्रमुखहरुलाई खर्चको अख्तियारी प्रदान गर्नु भएको हो ।यससँगै नगरपालिकाको आर्थिक वर्ष ०८२/०८३ को योजना कार्यान्वयन र बजेट खर्च गर्ने बाटो खुलेको छ । नयाँ आर्थिक वर्षको ७ दिनभित्र खर्चको अख्तियारी प्रदान गर्नुपर्ने व्यवस्था भएपनि लेटाङमा दोश्रो दिन भित्रै खर्चको अख्तियारी प्रदान गरिएको हो ।

यसबाट समयमै बजेट कार्यान्वयन सम्पन्न गर्न, विकास निर्माणका काममा गुणस्तरियता वृद्धि गर्न तथा आर्थिक अनुशासन कायम गरि नगरपालिकाका विभिन्न सूचकहरुको सूचांक वृद्धि गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । #morangkhabar

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x