डिआईजी र नगरप्रमुख द्वारा संयुक्त रुपमा बेलबारी इलाका प्रहरी कार्यालयको नव निर्मित आवास तथा भान्सा घर उद्घाटन


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

बेलबारी १ मा रहेको इलाका प्रहरी कार्यालयको नव निर्मित आवास भवन तथा भान्सा घरको कोशी प्रदेश प्रहरी कार्यलयका प्रमुख (डिआईजी) चन्द्रकुबेर खापुङ र बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईद्वारा संयुत्त रुपमा उदघाटन भएको छ। बुधबार ईलाका प्रहरी कार्यलय परिसरमा ४ वटा स्थानीय तहहरुको आर्थिक सहयोगमा ६ कोठे निर्माण भएको  आवास तथा भान्सा घरको बुधबार उद्घाटन भएको हो।

भवनका लागि बेलबारी नगरपालिकाले १५ लाख, सुन्दरहरैंचा नगरपालिकाले १५ लाख,केराबारी गाँउपालिकाले ८ लाख ग्रामथान गाँउपालिकाले ७ लाख ५० हजार र स्थानीय रत्न टोल बिकास संस्थाले ४ लाख ५ हजार ५० रुपैया बराबरको श्रमदान गरेको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथी कोशी प्रदेश प्रहरी प्रमुख खापुङले जनतालाई सहज रुपमा सुरक्षा प्रदान गर्न प्रहरी तयार रहेको बताएका छन । वहाँले धेरै स्थानबाट प्रहरी कार्यालय स्थापना तथा प्रहरीको दरबन्दी माग भए पनि स्रोतको अभावले त्यो पूरा गर्न नसकिरहेको बताउनुभयो  ।

तत्कालीन सुन्दरहरैंचा नगरपालिका नगरप्रमुख शिव प्रसाद ढकालको कार्यकालमा डिएसपी सहितको दरबन्दी सुन्दरहरैंचामा राख्न  आफुसंग पहलकदमी समेत अघिबढेको बताउदै आफ्नै भवन निर्माण समेत गर्ने समन्वय भएपनि तर सो कार्य अघि बढ्न नसकेको धारण ब्यक्त गर्नुभयो ।प्रहरी संगै आफ्नै जनशक्ति, प्राबिधिक भएपनि ठेक्का प्रक्रियामा काम गर्नु पर्ने हुँदा बिभिन्न भ्याट ट्याक्स, लाभ करले  लागत मुल्य वढि हुन जाने हुँदा प्रहरीसंगको जनशक्ति सदुपयोग गर्ने हो भने सो लागतमा राम्रै भवन निर्माण हुने कोशी प्रदेश प्रहरी प्रमुख खापुंगले बताउनुभयो।

सुन्दरहरैंचा नगरपालिका प्रमुख केदार प्रसाद गुरागाईंले कोशी प्रदेश प्रहरी अस्पताल छापामार शैलीमा रातारात सार्नु दु:खद भएको टिप्पणी गर्दै साविक स्थानमा ल्याउन सकारात्मक पहल चाल्नु पर्ने धारणा राख्नुभयो।बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले प्रहरी तथा राज्यले जनतालाई सेवा दिने कि भुगोललाई सेवा दिने भन्दै प्रश्न गर्नुभयो  । नगर प्रमुख राईले  पछिल्लो समय प्रहरी भित्र देखिने राजनितिक गन्दको आलोचना समेत गरेकाबताउदै  बेलबारी क्षेत्रमा डिएसपी सहितको ईलाका बनाउन जरुरी रहेको बताउदै बेलबारीमा डिएसपी कार्यालय ल्याउन सबैले हातेमालो गर्नु पर्ने बताउनुभयो  ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार