बिराट भेट्रान गोल्ड कप : दार्जिलिङ भेट्रानलाई पराजित गर्दै बिराट भेट्रान ‘बी’ सेमिफाइनलमा


shiva
Single Before Content Ad

एलएन गच्छदार / सुन्दरहरैंचा , फागुन२४

सुन्दरहरैंचा नगरपालिकामा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्ड कप फुटबल प्रतियोगितामा घरेलु टिम बिराट भेट्रान ‘बी’ टिम सेमिफाइनलमा प्रवेश गरेको छ।बिहिबार भएको खेलमा घरेलु टोली बिराट भेट्रान ‘बी’ ले जे. जी. दार्जिलिङ भेट्रान माथि १-० गोलको जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो।

बिराट भेट्रानका इन्द्र राईले खेलको एक मात्र निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। प्रतिस्पर्धात्मक खेलमा दार्जिलिङ भेट्रानले फिनिसिङमा समस्या झेल्दा बिराट खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे।

अब सेमिफाइनलमा बिराट भेट्रान ‘बी’ ले अर्को बलियो टोलीसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका अन्य खेलहरू पनि रोमाञ्चक हुने अपेक्षा गरिएको छ।भोलिको सेमिफानल खेल पहिलो खेल घरेलु टिम बिराट भेट्रान ‘ए ‘ ले दुधे भेट्रान झापा संग खल्नेछ भने अर्को सेमिफानल खेल बिराट भेट्रान ‘बी” ले पूर्वेली भेट्रान झापा बिर्तामोड संग खेल्न छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार