निवृत राष्ट्र सेवक समाज कोशी प्रदेशको चौथौ अधिवेशन सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैचा/ शिव भट्टराई ।

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -८, सलकपुरमा निवृत राष्ट्र सेवक समाज कोशी प्रदेशको चौंथौ अधिवेशन सम्पन्न भएको छ।छुट्टाछुट्टै बिषयमा शनिबार  भएको सो कार्यक्रमा संस्थाको संगठन बिस्तार तथा सुदृढीकरण सम्बन्धि अन्तकृया कार्यक्रम समेत गरेको थियो।

खुल्ला सत्रको पहलो चरणको कार्यक्रममा मोरङ जिल्ला निवृत राष्ट्र  सेवक समाजका अध्यक्ष पदम बहादुर न्यौपानेको अध्यक्षता भएको कार्यक्रममा पाँच लाख बराबरको अक्षय कोष स्थापना समेत गरिएको छ।डिएन ग्रुप अफ कम्पनीका प्रवन्ध निर्देशक तथा समाजसेवी नेत्र प्रसाद चौलागाईंले १ लाख २५ हजार बराबर नगद रकम  सो अक्षय कोषमा सहयोग गरेका छन्।

कोशी प्रदेशका निवृत राष्ट्र सेवक समाजका अध्यक्ष मोहन कुमार कार्कीको सभाध्यक्षतामा संचालन भएको सो कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष खेमनाथ अधिकारीले उदघाटन गरेका थिए । केन्द्रीय  सह-अध्यक्ष  बिष्णु प्रसाद बस्यालले संगठन बिस्तार र सुदृढीकरण  सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

 झापाका छत्रबाबु ओझाका अध्यक्षतामा १६ सदस्यीय कोशी प्रदेशको नयाँ समिति अगामी कार्यकालका लागी चयन भएका छन्।मधेस प्रदेश उपाध्यक्ष रामलखन मण्डल, केन्द्रिय सदस्य  चोलिन्द्र प्रसाद घिमिरे लगायतले मन्तव्य  राखेका थिए। कोशी प्रदेश तथा  जिल्लाका  प्रतिनिधि लगायतको उपस्थिति  थियो भने सो कार्यक्रमको संचालन नगर अध्यक्ष उमाकान्त चौलागाईंले गरेका थिए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार