प्राबिधिक समस्याका कारण नि:शुल्क स्वास्थ्य स्थगित, आगामी जेठमा हुने


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा – ५ मा रहेको पुर्वान्चल पब्लिक स्कुलमा भोलि सोमबार हुने १ दिवसीय बृहत नि:शुल्क स्वास्थ्य शिविर प्राविधिक कारणवस स्थगित भएको छ।

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राबिधिक सहयोग रहेको सो शिविरमा चैत्र मसान्तको अन्तिम साता र बैशाख महिनाको पहिलो साता चिकित्सकहरु नयाँ बर्षमा बिदा बस्ने भएकोले, प्राविधिक जनशक्ति उपलब्धतामा कठिनाई कारण देखाउदै जनसम्पर्क अधिकारी नबिन दाहाले फोन मार्फत स्कुलका प्रिन्सिपल सन्तोष कुमार राईलाई आज आइतबार जानकारी गराएका छन्।

यता स्कुलले आयोजना गरेको सो शिविरको लागि अन्तिम चरणको तयारी गरेको र आवश्यक प्रचारप्रसार समेत गरेको थियो। आयोजना मिति तय गरिसकेपछि नोबेल मेडिकल अस्पतालले स्कुललाई फोन मार्फत जानकारी गरेर स्थगित गर्नु दु:खद रहेको र विद्यालयप्रतिको विश्वसनीयता समेत गुमेको प्रिन्सिपल सन्तोष राईले बताए ।

राईले अन्त्यन्तै जरुरी सूचना प्रकाशन गर्दै विद्यालयद्वारा २०८० साल चैत २६ गते सोमबारका दिन आयोजना हुन लागेको बृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको लागि प्रचार-प्रसार गरिसकिएको, घर-घरमा पम्प्लेट पुऱ्याईसकिएको, कार्यक्रमको सम्पूर्ण पूर्व तयारी पुरा भईसकेको अवस्थामा नोवल अस्पताल विराटनगरबाट उक्त मितिमा प्राविधिक जनशक्ति उपलब्धतामा कठिनाई भएको भनी जानकारी आज मिति २०८० चैत २५ गते आइतबार गराएकोले सो कार्यक्रम हाललाई स्थगन गरिएको पत्रमा उल्लेख छ । उक्त कार्यक्रम सञ्चालन हुन नसकेको कारण सम्बन्धित सबै पक्षमा पर्न गएको असुविधा प्रति विद्यालय परिवार क्षमायाचना समेत मागेको छ ।

गत चैत्र १ गतेको पत्रमार्फत वृहत निःशुल्क स्वास्थ्य शिविरको माग भई आएकोमा यस नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलद्वारा पूर्वाञ्चल पब्लिक स्कूलको प्रङ्गणमा आगामी मिति २०८० चैत्र २६ गते सोमबारका दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने व्यहोरा जानकारीका लागि अस्पताल निर्देशक प्रा.डा. राजेश नेपाल मार्फत हस्ताक्षरित पत्रमा उल्लेख भएको थियो ।उक्त स्थगन भएको बृहत निःशुल्क स्वाथ्य शिविर कार्यक्रम २०८१ जेठ महिनाको अन्तिम हप्तामा संचालन हुने जानकारी समेत प्रिन्सिपल राईले जानकारी गराएको छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार