समाज र शिक्षामा योगदानका लागि पर्वत राईलाई विशेष सम्मान


shiva
Single Before Content Ad

सुन्दरहरैंचा / नेपाल राष्ट्रका प्रथम जगतगुरु मोहनशरण देवाचार्य महाराजज्यूको पावन सान्निध्यमा सुन्दरहरैंचा–९ विराटचोक कालीमन्दिरमा आयोजित बृहत धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम २०८२ मा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको विशेष उपस्थितिमा मोरङ बेलबारी–४ निवासी शिक्षाविद् तथा समाजसेवी पर्वत राईलाई सम्मान प्रदान गरिएको छ।

वि.सं. २०५१ कार्तिक ७ गते संखुवासभामा जन्म भई हाल बेलबारी नगरपालिका–४, काकुममा स्थायी रुपले बसोबास गर्दै आउनु भएका राई Delta English Schoolका संस्थापक अध्यक्ष, नेशनल प्यालेस मोरङका उपाध्यक्ष, केन्द्रीय इभेन्ट म्यानेजमेन्ट उपसमिति सदस्य, किरात खालिङ राई उत्थान सन्धु (मोरङ–सुनसरी–झापा) अध्यक्ष तथा किरात राई यायोक्खा बेलबारी नगर सल्लाहकारलगायत विभिन्न सामाजिक संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय रहँदै आएका छन्।

शिक्षा, भाषा, संस्कृति, युवा सशक्तीकरण र सामुदायिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका राईको पहलमा Delta English Schoolलाई Exito Events Australia मार्फत मलेसियामा आयोजित International Excellence Award अन्तर्गत Community Impact Award प्राप्त गर्न सफल भएको थियो।

समाज, शिक्षा र संस्कारयुक्त युवा निर्माणमा गरेवालाई मुख्यमन्त्री कार्की, जगतगुरु मोहनशरण देवाचार्य महाराजज्यू, धार्मिक अगुवा तथा आयोजक प्रतिनिधिहरूले संयुक्तरूपमा सम्मान पत्र प्रदान गरेका थिए।

आयोजकअन्तर्गत श्री पुरातन वैदिक सनातन धार्मिक प्रवर्धन समिति सुन्दरहरैंचा, स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचा तथा इन्द्रपुर समस्त भजन सुन्दरहरैंचा रहेका थिए। कार्यक्रममा भक्तजन, समाजसेवी, युवा, धार्मिक अगुवा तथा स्थानीयको उल्लेखनीय उपस्थिति थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार