बिबिध कार्यक्रम गर्दै मगरहरुले मनाए सांस्कृतिक पर्व माघे संक्रान्ति


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

नेपाल मगर संघ सुन्दरहरैंचा कार्यसमितिले ” मगर इतिहास, भाषा, संस्कृति संरक्षण-सम्बर्द्धन मगरहरूको मूल मन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र ।” नारा संगै माघे संक्रान्ति शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम समपन्न गरेका छन्।

नेपालका आदिवासी जनजाति समुदायहरु मध्ये मगरहरु यो माघे संक्रान्तिलाई राष्ट्रिय पर्वको रुपमा मनाउँछन् । मगरको आफ्नै विशिष्ट भाषा, संस्कृति, संस्कार र इतिहास छ ।सुन्दरहरैंचा वडा ९ को आदिबासी जनजाति धार्मिक स्थलमा नेपाल मगर संघ नगर कार्यसमितिका अध्यक्ष डम्बर थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नगरप्रमुख केदार प्रसाद गुरागाईंले उद्घाटन गर्नुभयो।

माघे संक्रातीको अवसरमा भएको कार्यक्रमलाई सम्बोधन नगरप्रमुख गुरागाईंले बहुसांस्कृतिक, बहुभाषिक र विबिधताले भरिपुर्ण भएकोले यस्ता किसिमको कार्यक्रमले नगरको समेत पहिचान बोकेको बताउनुहुदै मगर समुदायकाको कलासंकृति र पहिचानको बिकास र सम्बर्द्धन गर्न नगरपालिकाले समेत उल्लेखनीय भूमिका खेल्ने बताउनुभयो।मगरहरु प्रकृतिपूजक मात्र होइनन्, उनीहरु मृतआत्मा र अलौकिक शक्तिका उपासक पनि देखिन्छ । माघे संक्रान्ति मगर समुदायको मौलिक पर्व हुँदा यसलाई आधुनिक जीवन पद्दतिसँग मेल खाने गरेर मनाउनु पर्छ । पुराना संस्कार र संस्कृतिहरु इतिहासको विरासत हो । सम्पूर्ण मानव समुदायभित्रको एउटा भुल्नै नहुने सांस्कृतिक सम्पदा मगरहरुको माघे संक्रान्ति पर्व हो ।

कार्यक्रममा माघे संक्रान्ति मगरहरुको पहिचानको पर्व भएकोले यो पर्वलाई तडकभडक गरेर मनाउनु भन्दा यसको परम्परागत सामाजिक संस्कारलाई बुझेर मनाउनु पर्ने अगुवाहरुले जोड दिनुभयो ।

साथै नगर समितिले मगरहरूको मौलिक पर्व माघे सग्राँतीको अवसरमा सुन्दरहरैंचा नगरपालिका वडा -६ का कृष्णबहादुर मास्की राना मगरलाई संस्थाको स्थापनाकालदेखि विभिन्न पदमा रही सफतापूर्वक कार्य सम्पन्न गरी सुन्दरदुलारी नगरपालिका नगर समिति रहदासम्म संस्थाको अध्यक्ष पदमा रही संस्थालाई आवश्यक आर्थिक, भौतिक तथा सामाजिक रूपमा सहयोग गरी उन्नती प्रगतिमा अहम भूमिका निर्वाह गरेबापत सम्मान गरिएको थियो त्यसैगरी गरी बिधार्थीहरुले मगर समुदायको सांस्कृतिक नृत्य संगै कार्यक्रममा मनोरञ्जन प्रदान गरी सहयोग पुर्याएबापत प्रशंसा गर्दै हिमालय इंगलिस स्कुलका प्रिन्सिपल कमल खनाल, नेपाल मगर संघ नगर सचिब मोतिबहादुर मगर लगायतलाई समेत सम्मान गरेको थियो।सो अवसरमा नगर अध्यक्ष डम्बर थापा मगरले मगरसमुदायको कला संस्कृति, भेषभुषा, पौराणिक सामाग्रीको संरक्षण साथै प्रवर्द्धन गर्न छिट्टै नै संघको भवन निर्माण गरी अघि बढ्ने बताउनुभयो ।

विभिन्न जातजातिको मौलिक चाडपर्व रीतिरिवाज, भाषा, धर्म, संस्कृति नै उनीहरुको पहिचान हो । नेपालका आदिवासी  जनजातिमध्ये मगर, थारु, मैथली, नेवार र किराँत सम्प्रदायले आ–आफ्नै तरिकाले माघे संक्रान्ति पर्व मनाउँछन् । त्यत्तिमात्र होइन, नेपालका आर्यमूलका सम्प्रदायले पनि माघे संक्रान्ति मनाउँछन् । थारुले माघे संक्रान्तिलाई माघि पर्वको रुपमा मनाउँछन् । मगरहरुले ‘माघे संक्रान्ति’ भनेर मनाउँछन् ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार