नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको स्वास्थ्य शिविर


Single Before Content Ad

बिराटनगर/

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल, विराटनगरको प्राविधिक सहयोग, कटारी गाँउपालिकाको समन्वय र नोवेल रोटर्याक्टको सहयोगमा मिति २०८० माघ १० गतेका दिन कटारी गाँउपालिका वडा नं. ५ मा स्थीत श्री सुन्दर आधारभूत विद्यालयमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त अवसरमा जनरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, जनरल सर्जरी, हाडजोनी तथा नशा रोग, नाक, कान, घाँटी, छाला रोग, दन्त रोग, आँखा रोग लगायतका विभागमा ३२० जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो । यसै क्रममा ४५ जना विरामीको निःशुल्क ई सी जी, ६० जनाको अल्ट्रासाउण्ड र ९७ जनाको प्रयोगशाला परीक्षण गरिएको छ ।

नोवेल शिक्षण अस्पतालले सामाजिक दायित्व अनुरुप विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरहरु नियमित रुपमा संचालन गर्दै आएको छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार