सांसद डा. सुनिल शर्मा तथा जापानका हाउस अफ काउन्सिलर्सका सदस्य सांसद कुबोटा बीच जापानमा भेटघाट


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिलर्सका सदस्य सांसद कुबोटा तेत्सुयासंग भेटघाट गरेका छ्न । जापानको टोकियोमा रहेको हाउस अफ काउन्सिलरमा सांसद शर्मा र जापानी सांसद कुबोटाबीच भेटघाट भएको हो।

गैरआवासीय नेपाली संघ एनआरएनका नेता नेपाली कांग्रेसका नेता चिरन्जीवी थापाको पहलमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध परापूर्वकालदेखि नै चल्दै आएको र त्यो जनस्तरसम्म पुगेको भन्दै दुई देशको सम्बन्धलाई अझै दिगो र प्रगाढ  बनाउन दुवै देशका सांसदहरुले भूमिका खेल्नुपर्ने धारणा राखेका थिए।  सांसद शर्माले जापानले नेपालको विकासमा ठूलो सहयोग गरेको बताउदै जापान नेपालको ठूलो विकास साझेदार देश रहेकोले उक्त सहयोगलाई निरन्तर जारी राख्न जापानी सांसद कुबोटासँग आग्रह गरेका थिए।  

दुई सांसद बिचको भेटमा सांसद कुबोटालाई शर्माले बुद्धको देश नेपालमा स्वागत गर्न आफु आतुर रहेको बताए। तपाई नेपाल आउनु भयो भने बुद्धको जन्मस्थल लुम्बिनीमा लगेर तपाईसंगै म पनि ध्यान गर्छु त्यसबाट शान्ति र आनन्द प्राप्त हुन्छ सांसद शर्माले कुबोटालाई भने।

भेटमा मोरंगको मिक्लाजुङ्ग गाउँपालिका अध्यक्ष बबि कुमार राई नेपाली जनसम्पर्क समितिका सह महामन्त्री तथा व्यवसायी जीवन खड्का लगायतको उपस्थिति रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार