प्रजातन्त्र माविमा निःशुल्क दन्त शिविर, ३५० विद्यार्थी लाभान्वित


Single Before Content Ad

मोरङ ।शिव भट्टराई भोजपुरे, भाद्र १६ गते

मोरङको कटहरी गाउँपालिका–६, भौडाहास्थित श्री प्रजातन्त्र माध्यमिक विद्यालयमा निःशुल्क दन्त परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ। नोबेल मेडिकल कलेजको सहकार्यमा आयोजित शिविरबाट विद्यालयका करिब ३५० विद्यार्थी लाभान्वित भएका छन्।

शिविरमा विद्यार्थीहरूको निःशुल्क दन्त परीक्षणसँगै आवश्यक उपचारसमेत गरिएको थियो। उपचारका क्रममा २५ जना बालबालिकाको खराब तथा समस्याग्रस्त दाँत निकालिएको नोबेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नवीन दाहालले जानकारी दिनु भएको छ।

उहाँले शिविरमा सहभागी अधिकांश विद्यार्थीको दाँतमा कीरा लागेको तथा दन्तसम्बन्धी समस्या देखिएको र थप उपचार आवश्यक भएका विद्यार्थीलाई नोबेल अस्पतालमा बोलाइएको उहाँले बताउनु भयो।

शिविरबाट सिफारिस भई थप उपचारका लागि नोबेल अस्पताल पुग्ने बिरामीलाई अस्पतालले उपचार सेवामा २५ प्रतिशत छुट उपलब्ध गराउने व्यवस्था गरिएको छ।

विद्यालयमा विद्यार्थीको दन्त स्वास्थ्यप्रति सचेतना बढाउने तथा समयमै समस्या पहिचान गरी उपचारको पहुँच पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको हो। शिविरमा विद्यार्थीहरूको दन्त परीक्षण, आवश्यक उपचार तथा स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरिएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार