सुन्दरहरैचा। आश्विन १३ गते
विराटनगर–४, कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल परिसरमा सञ्चालित न्यूरो ओम क्याफेले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्वारा गरिएको खाद्य निरीक्षणमा ३ स्टार ‘अति उत्तम’ तथा ‘क’ वर्ग प्राप्त गरेको छ।
खाद्य स्वच्छता, खाद्य सुरक्षा, गुणस्तर तथा व्यवस्थापनका विभिन्न मापदण्डका आधारमा गरिएको निरीक्षणमा न्यूरो ओम क्याफेले उक्त मान्यता प्राप्त गरेको हो।

अस्पताल परिसरमा उपचारका लागि आउने बिरामी, कुरुवा, स्वास्थ्यकर्मी, विद्यार्थी तथा सेवाग्राहीलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउने उद्देश्यले क्याफे सञ्चालन हुँदै आएको छ।
खाद्य निरीक्षणमा ३ स्टार ‘अति उत्तम’ तथा ‘क’ वर्ग प्राप्त हुनु क्याफेले खाद्य स्वच्छता, सुरक्षा र गुणस्तर कायम राख्न गरेको निरन्तर प्रयासको प्रमाणका रूपमा लिइएको छ। क्याफे व्यवस्थापनले आगामी दिनमा पनि खाद्य गुणस्तर र स्वच्छतालाई प्राथमिकतामा राख्दै सेवा प्रदान गर्ने जनाएको छ।




