हिमालय इङ्ग्लिस स्कुलका प्रिन्सिपल कमल खनाल ‘राइजिङ स्कुल अवार्ड २०२६’द्वारा सम्मानित


Single Before Content Ad

सुन्दरहरैंचा/ शिक्षा क्षेत्रमा उत्कृष्टता, नवप्रवर्तन तथा उल्लेखनीय योगदानका लागि मोरङ सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको हिमालय इङ्ग्लिस स्कुलले ‘राइजिङ स्कुल अवार्ड २०२६’ प्राप्त गरेको छ। शिक्षा उत्कृष्टता अवार्ड २०२६ अन्तर्गत प्रदान गरिएको उक्त सम्मानले शैक्षिक गुणस्तर र निरन्तरको प्रयासलाई उच्च मूल्यांकन गरेको छ।

शनिबार काठमाडौँको सिनामंगलस्थित वेस्टर्न प्लस होटलमा उक्त अवार्ड सेरोमनी आयोजना भएको थियो। उक्त अवार्ड विद्यालयका संस्थापक तथा कोशी प्रदेश एन–प्याब्सन अध्यक्ष कमल खनालले ग्रहण गर्नुभएको हो। अवार्ड ग्रहण गर्दै खनालले यस उपलब्धिले विद्यालय परिवारलाई थप जिम्मेवार बनाएको बताउनुभयो। “यो सम्मान केवल हाम्रो विद्यालयको मात्र नभई सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीहरूको संयुक्त मेहनतको परिणाम हो। आगामी दिनमा अझ गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्न हामी प्रतिबद्ध छौं,” उहाँले भन्नुभयो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत प्रसाद वाग्ले तथा अतिथि प्रा. डा. श्रीराम भगत माथे (चेयरम्यान, जेभियर एकेडेमी) लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। एजुकेशन दैनिक, एक्सिटो एजुकेशन लगायत संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयहरूलाई सम्मान गरिएको थियो। हिमालय इङ्ग्लिस स्कुललाई शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान तथा उज्ज्वल सम्भावनालाई मध्यनजर गर्दै उक्त अवार्ड प्रदान गरिएको जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार