एनप्याबसन मोरङले गर्यो शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम


Single Before Content Ad

बेलबारी/

राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( एनप्याबसन) मोरङ जिल्ला कार्यसमितिले बेलबारीमा रहेको बेतना सिमसारमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

२०८० सालमा भित्रिदै गएको बिभिन्न चाडपर्व जस्तै विजया दशमी, शुभदिपावली, छठ लगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरेको थियो ।

एनप्याबसन मोरङ अध्यक्ष नारायण प्रसाद ढकालको सभाध्यक्षता तथा एनप्याब्सन केन्द्रिय सचिव राजन छराङ्ग प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम संचालन भएको थियो।

कार्यक्रममा केन्द्रिय सचिब छराङ्गले शिक्षा विधेक ’बारेमा प्रष्ट गर्दै अहिले निजि विद्यालयलाई ढाड सेक्ने गरि निति ल्याएको प्रति यसलाई परिमार्जन गरि लानु पर्ने बताए।

जिल्ला अधिवेशनमा भएको तिक्तता मेटन गरिएको शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा अर्को पक्ष समेत अनुपस्थित भएको थियो। सो बारेमा एक जुट हुन आग्रह गर्दै सबैको नेतृत्वलाई स्वीकार गर्न सक्नु पर्ने धारणा राखेका छन । हाल नयाँ कार्यसमिति ढकालको नेतृत्वले कार्यभार सम्माल्दै आएका छन।

मोरङ एनप्याब्सन अध्यक्ष ढकालले हरेक पालिकामा एनप्याबसन अगाडि बढ्न सक्ने हो भने जिल्ला एनप्याब्सन मजबुत हुने बिषयमा जोड दिए । उनले आर्थिक मन्दिले सबै पक्षलाई असर पार्दै गएको अवस्थामा विद्यालय समेत मारमा परेको बताए। विद्यालय कसरी संचालन र व्यवस्थापन गर्ने भन्ने विषयमा आगामी प्रिन्सिपललाई प्रशिक्षण दिनु पर्ने र आफ्नो कमि कमजोरीलाई नऔंल्याए सम्म गुणस्तरीय शिक्षा दिन नसक्ने बताए।

एन प्याबसनमा जहदाका २ निजि विद्यालयले नयाँ सदस्यता समेत लिएका छन। जस मध्ये चन्द्रसुर्य अंग्रेजी विद्यालय र लिटिल चाइल्ड आवद्ध भएका छन। एनप्याबसन जिल्ला सचिव भनिरुद्र चौधरीले कार्यक्रम संचालन गरेका थिए। उपस्थित एनप्याब्सनमा आवद्ध बिद्यालयका प्रतिनिधिले अगामी ठोस निति तथा कार्यक्रम ल्याउनु पर्ने धारणामा जोड दिएका थिए।
उक्त अवसरमा एनप्यावसन कोशी प्रदेश स-सचिव कमल खनाल , बेलबारी एनब्यापसन , ग्रामथान एनप्याबसन , सुन्दरहरैंचा एनप्याबसन अध्यक्ष सुरेश खवास लगायतले शुभकामना मन्तव्य संगै आफ्ना धारणा ब्यक्त गरेका थिए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार