३१औं सुविजीमुर वार्षिक उत्सव कार्यक्रममा पत्रकार मणिराम दाहाल सम्मानित


सुन्दरहरैंचा अपडेट
Single Before Content Ad

सुन्दरहरैचा । एलएन गच्छदार 

नेपाली पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका पत्रकार मणिराम दाहाललाई ३१औं सुविजीमुर वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम–२०८१ को अवसरमा सम्मानित गरिएको छ।

शुक्रबार सुविजीमुर मेमोरियल सेकेण्डरी स्कुलले आयोजना गरेको ३१औं सुविजीमुर वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम संस्थापक प्रिन्सिपल गोबिन्द कार्कीले नगद सहित दोसल्ला ओढाएर  सम्मान गरेको हो ।

वि.सं. २०६४ सालदखि पत्रकारितामा प्रवेश गरेकको  दाहालले उद्घोष दैनिक तथा राष्ट्रिय समाचार समितिमार्फत मोफसलदेखि केन्द्रसम्म सामाजिक, राजनीतिक, शैक्षिक लगातका विविध विषयमा समाचार सम्प्रेषण गर्दै जनतालाई सुसूचित गराउँदै आएका छन्। सामाजिक विकृति, विसङ्गति र अन्याय विरुद्ध खबरदारी गर्दै निष्पक्ष, निडर तथा पारदर्शी पत्रकारिताको नमूना प्रस्तुत गर्दै आएका उनले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्

आयोजित कार्यक्रममा दाहाललाई नगद रु १०,०००।– (अक्षरेपी: दस हजार मात्र) सहित सम्मानपत्र प्रदान गर्दै आगामी दिनहरूमा अझ सशक्त र जुझारु भूमिकाको अपेक्षा गरिएको थियो।

सम्मान ग्रहण गर्दै पत्रकार दाहालले यो सम्मानले आफ्नो जिम्मेवारी अझ बढेको महसुस गराएको बताए। साथै, उनले सत्य, तथ्य र जनपक्षीय पत्रकारिता निरन्तर अगाडि बढाउने प्रतिबद्धता पनि जनाए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार