सुन्दरहरैचा ।
मोरङको सुन्दरहरैंचामा रहेको इन्द्रपुर जेसीजको आयोजनामा स्थापना भएको जेसीआई कपडा बैंकमा ५ हजार जोर भन्दा बढी कपडा सङ्कलन भएको छ ।
हुनेले दिने नहुनेले लिने भन्ने मुल नाराका साथ पुष २९ गतेदेखि माघ ४ गतेसम्म सङ्कलन भएका कपडा माघ ६ गतेबाट वितरण हुने आयोजकले बताएका छन् । यस कार्यक्रमका परिकल्पनाकार जेसिज अध्यक्ष आकाश दुलाल जेसिजको अन्तरराष्ट्रिय नेतृत्व गर्नसक्ने क्षमता भएको व्यक्ती देखिन्छन् ।