सुन्दरहरैचा नगरपालिका प्रधानमन्त्री केपि शर्मा ओलीद्वारा सम्मानित


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आज सातौँ सामाजिक सुरक्षा दिवस मनाईएको छ।

विसं २०७५ मङ्सिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो । विस २०७५ मङ्सिर ३ गतेको मन्त्रिपरिषद् बैठकले आजको दिनलाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।नेपालको संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ। सरकारले सोही हक कार्यान्वयन गर्न सामाजिक सुरक्षा कोषमार्फत आम नागकिलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रक्रिया अघि बढाइरहेको छ ।

सोही क्रममा आज भएको सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा आ–आफ्नो पालिकामा अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई पनि सुरक्षा कोषमा समावेश गर्न थालनी गर्नु भएका सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, भीमफेदी गाउँपालिकाका अध्यक्ष हृदम लामा, बाँसगढी नगरपालिकाका प्रमुुख खड्गबहादुर खड्का, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई प्रधानमन्त्री केपि शर्मा ओलीद्वारा सम्मानित हुनुभएको सुन्दरहरैचा नगरपालिकाको सचिवालयले जनाएको छ  ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार