चिल्ड्रेन मण्टेश्वरी स्कूलको १० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न


Single Before Content Ad

सुन्दरहरैचा ।

मोरङ सुन्दरहरैंचा नगरपालिका वडा नं. ४ दुलारीमा रहेको चिल्ड्रेन मण्टेश्वरी स्कूलले १० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको वार्षिकोत्सव तथा अभिभावक दिवसमा जेष्ठ नागरिक समाजका अध्यक्ष राम कुमार कार्कीको प्रमुख आतिथ्य रहेको थियो।

विद्यार्थीहरुलाई सृजनात्मक र प्रतिभावान शिक्षा प्रदान गर्दै आएको यस मण्टेश्वरी सुन्दरहरैचा कै पहिलो मण्टेश्वरी स्कूल रहेको विद्यालयका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिएका छन्। कार्यक्रममा बिभिन्न विद्यार्थीहरुद्वारा सांस्कृतिक नृत्य, अभिभावक तथा शिक्षिकाहरुद्वारा नृत्य प्रस्तुत गरिएको थियो।

 मन्टेश्वरीले आफ्नो १० औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा समाजसेवी र शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरेको थियो। बिद्यालयले समाजसेवी श्री हरिनारायण चौधरीलाई सम्मानित गरेको छ।

हरितनारायण चौधरीले आदर्श आधारभूत विद्यालय सुन्दरहरैंचा-४ वडहराको संस्थापक अध्यक्षको रूपमा कार्य गर्नुभएको छ र हाल सल्लाहकारको रूपमा काम गरिरहनु भएको छ।त्यस्तै, साजिलाल मा.वि. सुन्दरहरैंचा-६, श्रीखण्ड मा.वि. सुन्दरहरैंचा-३, र पञ्चायत मा.वि. सुन्दरहरैंचा-७ का विद्यालय व्यवस्थापन समितिमा सदस्यको रूपमा लामो समयसम्म योगदान पुर्याउनु भएको छ।पिता असीलाल चौधरी र माता सुहानी चौधरीको कोखबाट वि.सं. २०१०, चैत १४ गते जन्मनुभएको चौधरीले शैक्षिक र सामाजिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आउनु भएको छ।

चौधरी नेपाल रेडक्रस सोसाइटीका आजिवन सदस्य हुनुहुन्छ र रेडक्रस दुलारी शाखाका अध्यक्षको रूपमा कार्य गरिरहनु भएको छ। उहाँ गछिया खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष र दर्जनौं सामाजिक संघ-संस्थाका सम्माननीय पदमा रहि शैक्षिक र सामाजिक क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आउनु भएको छ।उहाँको उच्च सेवा र योगदानलाई सम्मान गर्दै चिल्ड्रेन मण्टेश्वरी स्कूल परिवारले १० औं वार्षिकोत्सव र अभिभावक दिवसको अवसरमा सम्मान प्रदान गरेको हो। साथै, उहाँकी धर्मपत्नी श्री उषादेवी चौधरीलाई पनि यहाँको सधै साथ र उत्प्रेरणाको लागि धन्यवाद व्यक्त गर्दै सम्मान गरिएको छ।

प्रिन्सिपल सन्तोष कुमार राईले यस सम्मानबाट अन्य व्यक्तिहरूलाई पनि समाज र शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्न उत्प्रेरणा मिल्ने विश्वास गरेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार