सुन्दरहरैचा नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस


Single Before Content Ad

सुन्दरहरैचा ।

विश्व क्षयरोग दिवस २०८१ नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । "हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ" लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता भन्ने नारासहित यो दिवस विश्वभर मनाइदैँछ । दिवसको अवसरमा मोरङको सुन्दरहरैचा नगरपालिकाको स्वास्थ्य शाखाले विशेष कार्यक्रम आयोजना गरेको छ।

सोमबार बिहान नगरपालिकाले ४० वर्ष भन्दा माथिकालाई मधुमेह, उच्च रक्तचाप र BMI को निःशुल्क परीक्षण (स्कृनिङ्ग) सम्बन्धी घरदैलो कार्यक्रम गरेको छ। नगरपालिकाले विश्व क्षयरोग दिवस, नगरबासीलाई पाँच दिने निःशुल्क परीक्षण (स्कृनिङ्ग) सम्बन्धी नगर प्रमुख सङ्ग घरदैलो कार्यक्रम गर्दै मनाएको हो। कार्यक्रममा सुन्दरहरैचा नगरलालिकाकि नगर उपप्रमुख अकली चौधरी, जनप्रतिनिधी, स्वास्थ्यकर्मि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो।

नगरपालिकाले क्षयरोग नियन्त्रण तथा रोकथामका लागि सचेतना कार्यक्रम, निःशुल्क परीक्षण, औषधि आपूर्ति तथा समुदायमा रोगबारे जानकारी गराउने कार्यलाई प्राथमिकता दिँदै आएको छ।

नगर प्रमुख केदार प्रसाद गुरागाईंको नेतृत्वमा गरिएको घरदैलो अभियानले नागरिकलाई स्वास्थ्य परीक्षणको महत्त्वबारे जानकारी गराउँदै रोग पहिचान र रोकथाममा टेवा पुऱ्याउने विश्वास गरिएको छ।

सन् १८८२ मार्च २४ का दिन डाक्टर रोबर्ट कोचले क्षयरोगको जीवाणु पत्ता लगाएका थिए। त्यसको एक सय वर्षपछि सन् १९८२ मा २४ मार्चदेखि विश्व क्षयरोग दिवस मनाउने गरिएको हो। यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार