सिद्धार्थ सेकेन्डरी स्कुलका भलिबल टिमद्वारा ऐतिहासिक सफलता हासिल


shiva
Single Before Content Ad

सुन्दरहरैचा, जेष्ठ २२ गते

शिव भट्टराई भोजपुरे- मोरङको सुन्दरहरैचा १० स्थित खोर्सानेमा रहेको सिद्धार्थ सेकेन्डरी स्कुलका भलिबल टोलीले यस शैक्षिक वर्षमा विभिन्न प्रतिष्ठित प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्दै विद्यालयको नाम उजागर गरेका छन्।

विद्यालयका विद्यार्थीले प्याब्सनमा प्रथम स्थान, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान, प्याब्सन प्रदेश स्तरीय प्रतियोगितामा तृतीय स्थान, र मोरङ जिल्लाको नगर स्तरीय भलिबल प्रतियोगितामा पनि प्रथम स्थान प्राप्त गरेका छन्।

यस अभूतपूर्व सफलताको श्रेय विद्यालयका समर्पित खेलाडीहरूलाई दिइएको छ, जसले अथक परिश्रम, अनुशासन र एकताको भावनाका साथ मैदानमा उत्कृष्ट प्रदर्शन गरेका हुन्।

विद्यालयका संस्थापक तथा प्रधानाध्यापक अर्जुन बस्नेतको प्रेरणा, मार्गदर्शन र निरन्तर समर्थनले टोलीलाई हरेक चुनौती पार गर्न आत्मबल र साहस प्रदान गरेको विद्यालय प्रशासनले जनाएको छ। "खेल भनेको केवल प्रतिस्पर्धा मात्र होइन, यो जीवन ,अनुशासन, आत्मबल र एकताको पाठशाला हो," भन्दै
विद्यालयले प्रशिक्षक र सम्पूर्ण खेलाडीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार