गछिया बजारमा यामाहाको एक्सचेन्ज एण्ड अपग्रेड मेला, पुरानो सवारी साटेर नयाँ यामाहा चढ्ने अवसर


shiva
Single Before Content Ad

सुन्दरहरैचा। श्रावण २६ गते

पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ यामाहा सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै यामाहा बिराटचोकले गछिया बजारमा विशेष ‘Yamaha Exchange & Upgrade’ कार्यक्रम आयोजना गरेको छ।

श्रावण २५ गतेदेखि ३१ गतेसम्म गछिया बजारमा सञ्चालन हुने कार्यक्रममा ग्राहकले आफूले प्रयोग गर्दै आएको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ यामाहा बाइक वा स्कुटर खरिद गर्न सक्नेछन्।

कार्यक्रममा जुनसुकै ब्रान्डको पुरानो दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गर्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ। ग्राहकको पुरानो सवारीसाधनको उच्च तथा आकर्षक मूल्यांकन गरिनुका साथै नयाँ यामाहा खरिद गर्दा विभिन्न विशेष सुविधा उपलब्ध गराइनेछ।

यामाहा बिराटचोकका अनुसार कार्यक्रममा On-the-Spot Exchange Facility, High Exchange Valuation र Finance Facility उपलब्ध हुनेछ। साथै नयाँ यामाहा खरिद गर्ने ग्राहकलाई Free Helmet समेत प्रदान गरिनेछ।

गछिया बजार तथा आसपासका ग्राहकलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रमले ग्राहकलाई आफ्नो घरनजिकै पुरानो सवारीसाधनको मूल्यांकन गराई नयाँ यामाहामा अपग्रेड हुने अवसर प्रदान गर्ने आयोजकको भनाइ छ।

कार्यक्रममा ग्राहकले यामाहाका विभिन्न बाइक तथा स्कुटरका मोडल, विशेषता, मूल्य तथा फाइनान्स सुविधाबारे जानकारी लिन सक्नेछन्। साथै आफ्नो पुरानो सवारीसाधनको एक्सचेन्ज मूल्यांकन गराई नयाँ यामाहा खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाउन सक्नेछन्।

बि. एण्ड बि. अटो ट्रेडर्स प्रा. लि., यामाहा बिराटचोकले गछिया तथा आसपासका ग्राहकलाई कार्यक्रममा सहभागी भई आफ्नो पुरानो सवारीसाधनको उच्च मूल्यांकन गराउँदै नयाँ यामाहामा अपग्रेड हुन आग्रह गरेको छ।

कार्यक्रम विवरण:
📍 स्थान: स्थान : गछिया खेल मैदान अगाडि, हिमालयन बैंक छेउ, गछिया बजार
सम्पर्क : 9810452643, 9842492429, 9820756783, 9820756781
📅 अवधि: श्रावण २५ गतेदेखि ३१ गतेसम्म
🏍️ आयोजक: बि. एण्ड बि. अटो ट्रेडर्स प्रा. लि. (यामाहा बिराटचोक)
🎁 विशेष सुविधा: On-the-Spot Exchange, High Exchange Valuation, Finance Facility तथा Free Helmet

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार