सांसद डा. सुनिल शर्मालाई निर्वाचन क्षेत्रका जनताबाट पञ्चेबाजा सहित भव्य स्वागत


shiva
Single Before Content Ad

सुन्दरहरैचा । चैत्र ३१ गते 

नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्मालाई आइतबार मोरङस्थित आफ्नै निर्वाचन क्षेत्रका जनताले पञ्चेबाजा सहित भव्य स्वागत गरेका छन्।बेलबारी नगरपालिका–११ मा आयोजित विशेष कार्यक्रममा डा. शर्माले एक थान एम्बुलेन्स हस्तान्तरण गरेपछि स्थानीय बासिन्दाले पञ्चेबाजाको धुनमा नाचगानसहित उनको आत्मीय स्वागत र सम्मान गरेका हुन्।



कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा कोशी प्रदेशसभा सदस्य माननीय मान बहादुर लिम्बू, वडाध्यक्ष विक्रम लिम्बु तथा अन्य स्थानीय नेताहरुको उपस्थिति रहेको थियो।



सांसद शर्माले प्रतिनिधिसभाका एकमात्र सांसदका रूपमा तलब भत्ता नलिने प्रतिबद्धता जनाउँदै आएका छन्। उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्। शिविरमार्फत उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गराउने व्यवस्था मिलाउँदै आएका छन्।

उनको पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका बिरामीका लागि ५० शय्याको निःशुल्क क्याबिन समेत व्यवस्था गरिएको छ। कुनै पनि दलका जनताप्रति भेदभाव नगरी समान रूपले सेवा पुर्‍याउँदै आएका शर्माले अहिले बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेसँगै हालसम्म निजी लगानीमा देशका विभिन्न सात स्थानमा एम्बुलेन्स प्रदान गरिसकेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार