आश्रय सुधार केन्द्र दुखीहरुको आश्रय बन्दै , गर्यो बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा  ३ मा रहेको जनता आधारभूत  विद्यालयमा अध्ययनरत छात्र छात्राहरूलाई  आश्रय सुधार केन्द्रले न्यानो कपडा गरेपछि विद्यार्थीहरू खुसी देखिएका छन् । बाक्लो हुस्सु र चिसो बढे संगै जाडो मौसममा न्यानो कपडाको अभावले बालबालिकामा मनोवैज्ञानिक असर परेर अध्यापनमा असर नपरोस् र कपडा कै कारण विद्यालय शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर सुधार केन्द्रले बितरण गरेको हो।  

आश्रय सुधार केन्द्रका कार्यक्रम निर्देशक सेवक खत्रीले सामाजिक कार्यमा सरिक हुँदा गर्व अनुभूति गर्दै आर्थिक र न्यून आवस्थाका बालबालिकालाई न्यानो कपडा वितरण गर्न पाउँदा खुसि व्यक्त गर्दै सुधार केन्द्रले निरन्तर सामाजिक काममा अघि बढ्ने  बताएका छन् ।

चिसोको समयमा समेत पातलो कपडा लगाएर विद्यालय आउने गरेका बालबालिका न्यानो कपडास्वरूप स्विटर पाएसँगै खुसी भएका छन् । विद्यार्थी मात्र होइन आफ्ना छोरा छोरीले यो चिसो सिजनको बेला न्यानो कपडा र ड्रेस पाएपछि अविभावकहरु पनि खुसी भएका छन् । न्यानो कपडा बालबालिकालाई उपलब्ध गराइएकोले चिसो मौसममा राहत पुगेको बताउदै सामाजिक अभियन्ता कल्पना घिमिरे  सामुदायिक बिधालय भन्दा नगरपालिकाको ध्यान  निजि बिधालयलाई दिएको भन्दै आपत्ति व्यक्त गर्दै सामुदायिक विधालयलाई बढी प्राथमिकता दिनु पर्ने बताईन ।

यस  विद्यालयमा अध्यनरत  बालबालिकाको परिवारको आर्थिक अवस्था नाजुक छ । सामान्य कपडा, कापी कलम सम्म किन्न सक्ने क्षमता छैन, आफ्ना छोरा छोरीलाई न्यानो कपडा, कापी कलम किन्न नसकेर स्कुल नपठाउने र बिचैमा छोड्न लगाउने गर्थे न्यानो कपडाको  सहयोगले कमजोर अभिभावकको पिडामा मलम लागेको छ प्रध्यानाध्यापक रुद्र दुलालले सुधार केन्द्रलाई धन्यवाद दिँए ।  बिधार्थी बालबालिकालाई चिसोयामका लागि  दुलालले नगरपालिकाको शिक्षा शाखामा बुझ्दा बजेट नभएको प्रतिक्रिया पाएपछि खिन्नता बोध गर्दै समाजमा सेवक जस्ता सामाजिक व्यक्तित्व समेत रहेको भन्दै खुसि व्यक्त गरेका छन् ।

अर्को तर्फ सो वडा अध्यक्ष बिदुर डुङ्गानाले आश्रयले गरेको कामको प्रंसशा गर्दै बिभिन्न संघ संस्थाले सामाजिक क्षेत्रमा छुट्याएको रकम मध्ये बिपन्न शिक्षाबाट बन्चित बिधार्थीलाई प्रोत्साहन गर्नु पर्ने धारणा राखेका छन् ।

आश्रय सुधार केन्द्रले सामाजिक उतर्दायित्व बहन गर्दै बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् भने सो विधालयमा अध्ययनरत ६१ जना बिधार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार