प्याब्सन सुन्दरहरैचा नगरसमितीको अध्यक्षमा दिपक क्षेत्री


Single Before Content Ad

सुन्दरहरैचा । शिव भट्टराई भोजपुरे 

निजि तथा आवासिय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैचा नगरसमितिको अध्यक्षमा दिपक क्षेत्री निर्वाचित भएका छन्। मोरङको सुन्दरहरैचा स्थित इन्द्रपुर जेसिजको सभाहलमा सम्पन्न भएको तेस्रो अधिवेशनबाट उपाध्यक्षमा टीकाराम पराजुली, सचिवमा सूर्य दङ्गाल, कोषाध्यक्षमा नर्बदा क्षेत्री, सदस्यमा जीवन बस्नेत, तेजराज पौडेल लगायत सर्वसम्मत चयन भएका छन्।

सोमबार भएको अधिवेशनमा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईको प्रमुख आतिथ्य रहेको थियो भने प्याब्सन सुन्दरहरैचाका अध्यक्ष दिपेन राईको अध्यक्षता रहेको थियो।
प्रमुख अतिथी गुरागाईले विद्यालयहरुको स्तरोन्नतिसंगै समयानुकुलको गुणस्तरीय शिक्षा, प्रविधि तथा प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

अधिवेशनको अवसरमा सुन्दरहरैचा नगरपालिकाको सबै भन्दा पुरानो बिद्यालयको तर्फबाट ब्राईट फ्युचर इङ्लिस स्कुल सम्मानित भएको छ। प्याब्सनमा आवद्ध रहेको बिद्यालय मध्य सबै भन्दा पुरानो बिद्यालय भएकोले सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईको हातबाट ब्राइट फ्युचर इङ्लिस स्कुलका प्रिन्सिपल टिकाराम ढकाललाई सम्मान गरिएको थियो।

त्यसैगरी उक्त अधिवेशनमा प्याब्सनद्वारा आयोजित विभिन्न बिधाको कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुन सफल बिद्यालय, प्याब्सनमा आवद्ध बिद्यालय मध्य कक्षा १० एस ई ई २०८० मा सुन्दरहरैचा टप गर्ने सिदार्थ इङ्लिस स्कुलका बिद्यार्थिहरु, संचारकर्मी लगायतलाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सचिव हेमन्त कार्की , प्याब्सन कोशी अध्यक्ष टिकाराम ढकाल ,उपाध्यक्ष अर्जन बस्नेत लगायत जिल्ला प्याब्सनका पदाधिकारीहरुले शुभकामना मन्तव्य राखेका थिए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार