नेपाल भूमि तथा आवास विकास महासंघको तेस्रो स्थापना दिवस सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैचा, बैशाख ९ गते 

नेपाल जग्गा तथा आवास विकास महासंघले आफ्नो तेस्रो स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ।२०७९ साल वैशाख ९ गते स्थापना भएको महासंघले शुक्रबार राजधानीको छायाँ सेन्टर, ठमेलस्थित एलफ्ट होटलमा विशेष समारोहको आयोजना गर्दै आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको हो।

कार्यक्रमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीले गर्नु भएको थियो। मन्त्री अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेको अध्यक्षता रहेको थियो।

कार्यक्रममा सहभागी विशिष्ट अतिथिहरूले महासंघको प्रगतिप्रति शुभकामना व्यक्त गर्दै रियल इस्टेट क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार र सरोकारवालाबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। मन्त्री अधिकारीले आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै जग्गा तथा आवास क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउनेतर्फ सरकारले पहल गर्ने बताएका थिए।

सोही अवसरमा सुनसरी जिल्ला जग्गा तथा आवास विकास संघका अध्यक्ष नेत्र चौलागाईंलाई सम्मान–प्रमाणपत्र प्रदान गरिएको थियो। प्रमाण पत्र ग्रहण गर्दै अध्यक्ष चौलागाईंले जग्गा तथा आवास विकास क्षेत्र देशको समग्र आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको बताउँदै नीति निर्माण र कार्यान्वयनमा व्यवसायीहरूको सुझावलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

महासंघले सम्पूर्ण भौगोलिक क्षेत्रमा छरिएर रहेका रियल इस्टेट व्यवसायीहरूलाई एउटै छातामुनि समेट्दै उनीहरूको हकहितका पक्षमा आवाज उठाउँदै आएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार