साना किसान कृषि सहकारी संस्था सुन्दरपुरको २७ औं वार्षिक साधारणसभा सम्पन्न


shiva
Single Before Content Ad

शिव भट्टराई / सुन्दरहरैचा

मोरङको सुन्दरहरैचा वार्ड नं ६ स्थित साना किसान कृषि सहकारी संस्था सुन्दरपुरको २७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।साधारण सभामा नेपाल कृषि सहकारी केन्द्रिय संघका सदस्य हरि बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो। संस्थाकै सभाहलमा सम्पन्न भएको सो साधारण सभामा संस्थाका अध्यक्ष भिम प्रसाद पौडेलले आर्थीक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन तथा प्रस्तावित नीति कार्ययोजनाहरु प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथी बस्नेतले संस्थाको प्रगती र सफलताको शुभकामना व्यक्त गरेका थिए।यस संस्थाले हाल सम्म २ हजार ८ सय ५ सेयर सदस्य बनाउन सफल भएको छ।

उक्त साधारण सभाको अवसरमा संस्थाले जेष्ठ सेयर सदस्य, उत्कृष्ट समूह, उत्कृष्ट अन्तर समूह, उत्कृष्ट व्यवसायिक परियोजना क्षेत्र लगायत विभिन्न  व्यक्तीहरुलाई सम्मान गरेको थियो। साधारण सभामा जिल्ला कृषि सहकारी संघ मोरङका उपाध्यक्ष सोभितमान पौडेल, साना किसान विकास बैंक इटहरी शाखाका प्रतिनिधि सविन लामिछाने, साझा सहकारी संस्था दुलारीका अध्यक्ष चैतन्य प्रसाद सिटाैला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी कार्यक्रममा जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रबिन्द्र आचार्य, तिनपैनि बचत तथा ऋण सहकारी संस्थाका सचिव विशाल गुरागाई, सुरक्षाकर्मी लगायत विभिन्न सहकारीका प्रतिनिधिको उपस्थिति रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार