बिश्वआदर्श स्कुलले गर्यो बिश्वआदर्श एक्स्पो साथै अभिभावक दिवस


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

सुनसरीको इटहरीमा रहेको विश्व आदर्श स्कुलले आफ्नो बार्षिक अभिभावक दिवससंगै सोमबार विश्वआदर्श एक्स्पो संचालन गरेको छ ।आइतबार बिद्यालयको प्ले ग्रुप देखि कक्षा  १० सम्मको बार्षिक अभिभावक दिवस मनाएको थियो भने अभिभावक दिवसको अवसरमा बिधार्थिले गीत, नृत्य, अभिनय, विभिन्न अतिरिक्त क्रियाकलाप प्रस्तुत गरेका थिए  ।

कार्यक्रमको उद्घाटन इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले  गर्नुभयो। ५० वटा स्टल रहेको विश्व आदर्श एक्स्पोमा बिधार्थी पाठ्यक्रममा पढेका बिषयलाई ब्यबहारमा उतार्न बिभिन्न शैक्षिक प्रदर्शनी गरेका थिए ।एक्स्पोमा विद्यार्थीहरुले बनाएका शैक्षिक, प्राविधिक सामाग्रीहरु प्रदर्शनमा राखिएका थिए । यस्तै एक्स्पोमा पुराना परम्परागत सामाग्रीहरु, घरायसी प्रयोगका सामाग्री, घरेलु हस्तकलाका सामाग्रीहरुको समेत प्रदर्शनी थियो ।

विद्यार्थीहरुमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, समाज, इतिहास, भूगोल, कला र संस्कृति, पर्यटनलगायतको विकासबाट देशको समग्र विकासमा खेल्ने भूमिकाबारे जानकारी दिन तथा विद्यार्थीमा पढाइप्रति रुचि र सिकाइ उपलब्धि बढाउन स्टल सहित सामग्रीको प्रदर्शनी गरिएको  प्राचार्य गणेश दुलालले बताउनुभयो । 

विद्यार्थीहरुले तयार पारेका सामाग्रीहरुको प्रदर्शनीको अवलोकन गर्दै इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले विद्यार्थीहरुको कला, प्रयास र मेहेनतलाई उचित स्थान दिनुपर्ने बताए ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार