लेखक तथा अनुसन्धानकर्ता केशु विरहीलाई बेलबारी साहित्य सम्मान


shiva
Single Before Content Ad

बेलबारी /

लेखक तथा अनुसन्धानकर्ता केशु विरही बेलबारी साहित्य सम्मानबाट सम्मानित भएका छन् । लेखन, पत्रकारिता तथा अनुसन्धानका माध्यमबाट नेपाली समाजलाई योगदान पुर्याउँदै आएका विरही नगद २५ हजारसहित बेलबारी साहित्य सम्मानबाट सम्मानित भएका हुन् ।

बेलबारी साहित्य विकास समितिकाे बेलबारी बहुमुखी क्याम्पसमा आयाेजित कार्यक्रमा प्रमुख अतिथि पूर्व सांसद एवम् वरिष्ठ साहित्यकार हर्कमान तामाङले विरहीलाई नगदसहित दाेसल्ला ओढाएर सम्मान गरेका हुन् । कथा, उपन्यास, बालसाहित्य तथा अनुसन्धानका क्षेत्रमा कलम चलाउँदै आएका विरहीका कहालिलाग्दा गोरेटाहरू (उपन्यास) सहलेखन –२०५६, आमाको माया (उपन्यास) –२०५७, दन्किएको आगो (गजल सङ्ग्रह) –२०६३, सुस्केरा (संयुक्त साहित्यिकसङ्ग्रह) –२०६३, भास्कर वंशावली (वंशावली) –२०६५, सुलोचना (कथासङ्ग्रह) –२०७१, रेस्माको स्यान्डल (बालकथासङ्ग्रह) –२०७७ आदि विधा साहित्यका कृति प्रकाशित भइसकेका छन् भने २०७९ मा अनुसन्धानात्मक कृति बेलबारीको साहित्यिक इतिहास र २०८० मा तेह्रथुमकाे साहित्यिक इतिहास प्रकाशित भएका छन् ।

साथै सोही अवसरमा बेलबारी कला सम्मानबाट बेलबारीका कलाकार गणेश लामा ‘आसुँ’ सम्मानित भएका छन् । लामा कला र साहित्यका क्षेत्रबाट बेलबारीलाई याेगदान दिँदै आएका व्यक्ति हुन् । लामालाई नगद १५ हजारसहित दाेसल्ला ओढाएर सम्मान गरिएकाे हाे ।

संस्थाले बेलबारीमा साहित्य र कलाका क्षेत्रमा विशेष योगदान दिने एक एक जनालाई स्रष्टा तथा कलाकारलाई सम्मानित गर्दै आएको छ । यसअघि बेलबारी साहित्य सम्मानबाट रमेश लामा, हर्कमान तामाङ र इरान राई सम्मानित भइसकेकका छन् भने बेलबारी कला सम्मानबाट श्याम गौतम, शिव छाङ्छा राई र मेघबहादुर कार्की सम्मानित भइसकेका छन् । साथै आजैकाे साधारणसभाले रमेश निराैलाकाे अध्यक्षतामा नयाँ समिति गठन भएकाे छ । समितिको उपाध्यक्षद्वयमा लक्ष्मी रेग्मी सुवेदी र गोविन्दराज चोङवाङ, सचिवमा उमा सिजापती, सहसचिवमा विमला सुवेदी तिम्सिना, कोषाध्यक्षमा शिव पराजुली सहयात्री र सहकोषाध्यक्षमा राजु परियार चयन भएका छन् ।त्यसैगरी सदस्यहरूमा विष्णु भण्डारी, रिपुमर्दन खड्का, सन्देश तामाङ, राजकुमार राई, मुना मिश्रा, लीला सुवेदी, कृतिका खतिवडा र तारा चम्लागाईँ रहेका छन् ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार