विराटनगरमा कुकरमा इटा भरेर राख्ने दुईजना पक्राउ


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

विराटनगर–३ मा कुकर भित्र इटाका टुक्रा भरेर शंकास्पद वस्तु जस्तो बनाएर राख्ने दुईजना पक्राउ परेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय छेउमा कुकरलाई टेपले बाँधेर राख्ने  इलाम माङ्सेबुङ १ गजुरमुखी घर भई हाल काठमाण्डौं बस्दै आएका ३८ वर्षीय प्रविण मिश्र र पाँचथर याङवरक १ का ३० वर्षीय विपिन अधिकारीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले निजी विद्यालय तथा विभिन्न क्षेत्रमा चन्दा आतंक मच्चाउँदै आएको गुनासो थियो । अझै आतंकित बनाउन उनीहरुले नै शंकास्पद वस्तु राखेको मोरङ प्रहरीका उपरीक्षक दिपक पोखरेलले जानकारी दिएका छन् ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार