सिद्धार्थ सेकेण्डरी स्कुलको सिद्धार्थ प्रि-स्कुल संचालनमा


Single Before Content Ad

सुन्दरहरैंचा / फागुन १ गते

पढ्ने र पढाउने भन्दा सिक्ने र सिकाउने शिक्षण विधि हो, मन्टेश्वरी शिक्षा । घोकन्ते र परम्परागत शिक्षण पद्धतिको सट्टा मन्टेश्वरी किन्डरगार्टेनमा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाको सिकाइ क्षमता विकास गरिन्छ ।

यस्तै सिकाई र  विद्यालय स्तरको पढाइ सुरु हुनुभन्दा पहिले बालबालिकालाई सिकाउन अपनाइएको उक्त मंतेश्वरिमा आधारित  शिक्षा प्रदान गर्न मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -१० खोर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले सिद्धार्थ  प्रि-स्कुल संचालनमा आएको छ ।

स्मार्ट कक्षा संचालन, नानीहरुका लागि  ल्याब सुबिधा मन्टेश्वरी बेसमा सुबिधा समपन्न नयाँ मन्टेश्वरी भवन निर्माण गरी विविध किसिमका मनोरञ्जक शिक्षण सिकाइलाई क्रियाकलापको माध्यमबाट बालबालिकाको सर्वाङ्गीण विकास गरी उनीहरूलाई प्राथमिक विद्यालयका लागि तयार उद्देश्य संचालन ल्याएको प्रिन्सिपल अर्जुन बस्नेतले जानकारी दिनुभयो  ।

सो  प्रि-स्कुलमामा बालबालिकालाई किताब पढाउनुको साटो खेलकुद तथा अन्य सामग्रीको माध्यमबाट उनीहरुलाई विभिन्न ज्ञान तथा सीप सिकाइन्छ । उनीहरुमा पढ्ने बानीको विकास गराइन्छ । जसले गर्दा मन्टेश्वरी पद्धतिले बालबालिकामा बौद्धिक, सामाजिक र मनोवैज्ञानिक विकासमा सहयोग पुर्‍याउँछ । बालबालिकाको रुचि र चाहना अनुसार पढाएर उनीहरुलाई पढाइप्रति आकर्षित गर्ने परम्परा र आधुनिक विधि पद्धतिबाट पढाइ हुने गरिने भएका कारण अहिले मन्टेश्वरी किन्डरगार्टेनप्रति अभिभावकको आकर्षण बढ्दो छ ।

एउटा छुटै शान्त वातावरणमा १ सयजना भन्दा  बालबालिका खेल्ने छुट्टै खेलमैदान,  ब्यबस्थित हाइजेनिक खानेकुरा तयार गरेर खुवाउने क्यान्टिन, शान्त रमणीय ट्राफिक लाईट संकेत सहित, ब्यबस्थित बालमैत्री कक्षाकोठा, बालबालिकाहरुका लागि सुत्ने बस्ने सहित कक्षाकोठा निर्माण गरेको प्रिन्सिपल अर्जुन बस्नेत जानकारी दिनुहुदै  ५० जना बालबालिकालाई फागुन २ गते सम्म बिशेषछात्रवृत्तिमा भर्ना हुन् र अभिभावकलाई अबलोकनका लागि अनुरोध गर्नुभएको छ ।

बालबालिकामा आत्मविश्वास जगाउनु, परिवर्तित समाज एवं अन्य व्यक्तिहरूप्रति सकारात्मक सोच विकास गर्नु, चुनौती, बाधा तथा सफलतामा संवेगात्मक सन्तुलन कायम गर्न मद्दत पुर्‍याउनुका साथै सामाजिक तथा व्यवहारिक मूल्य-मान्यताका आधारमा व्यावहारिक ज्ञान प्रदान गर्नु र असल नागरिक हुने आधारशीला खडा मन्टेश्वरीमा आधारित  शिक्षाको उद्देश्य रहेको प्रिन्सिपल बस्नेतले जानकारी दिनुभयो ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार