रन सुन्दरहरैँचा २०८३: हजारौं सहभागी मुख्यमन्त्रिदेखि चर्चित पत्रकारसम्म एकैसाथ दौडिए


shiva
Single Before Content Ad

सुन्दरहरैँचा, असार १५ —
सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा आज “रन सुन्दरहरैँचा २०८३” कार्यक्रम सुरु भएको छ।कार्यक्रमको उद्घाटनसँगै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, वरिष्ठ पत्रकार टिकाराम यात्री तथा दिलभूषण पाठक लगायतका विशिष्ट व्यक्तित्वहरू सहभागी भई सुन्दरहरैँचावासीसँगै दौडिएका छन्।

विराटचोकबाट सुरु भएको रनमा करिब ६ हजारभन्दा बढी सहभागी एकैसाथ सडकमा उत्रिएका छन्। युवा, विद्यार्थी, व्यवसायी, कर्मचारी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिताले सुन्दरहरैँचा उत्सवमय बनेको छ। सहभागीहरूको विशाल समूह अहिले बिराटचाैक –हरैँचा सडकखण्ड हुँदै बेलेपुर चोक पुगेको आयोजकले जनाएको छ।

रन कार्यक्रमसँगै असार १५ राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वको अवसरमा दही–चिउरा खाने तथा रोपाइँ कार्यक्रमसमेत आयोजना गरिएको छ।

आयोजकका अनुसार यस कार्यक्रमले स्वास्थ्य, पर्यटन, सामाजिक एकता र कृषि संस्कृतिको प्रवर्द्धन गर्ने विश्वास लिइएको छ। सुन्दरहरैँचामा आयोजित यस ऐतिहासिक कार्यक्रममा हजारौँ नागरिकको सहभागिताले नगरको पहिचान र एकतालाई थप बलियो बनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार