सुन्दरहरैँचा, मोरङ। शिव भट्टराई भोजपुरे।
मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँस्थित भट्टराई कूल विकास प्रतिष्ठानको आयोजनामा उभौली गोठधुप, वार्षिक साधारण सभा तथा विधान अधिवेशन सम्पन्न भएको छ।

आइतबार प्रतिष्ठानको आफ्नै परिसरमा सञ्चालन भएको कार्यक्रममा भट्टराई कुलविकास प्रतीष्ठानका संस्थापक अध्यक्ष जिवनाथ भट्टराईको प्रमुख आतिथ्य रहेको थियो। प्रतिष्ठानका अध्यक्ष प्रवीण भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा विभिन्न स्थानबाट भट्टराई कूलका सदस्य, अग्रज, बुद्धिजीवी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममार्फत भट्टराईहरु बिच बन्धुत्वको भावना विकास गर्ने, कूल परम्परा, धर्म–संस्कृति तथा सामाजिक एकतालाई थप सुदृढ बनाउने, संस्थागत गतिविधिको समीक्षा गर्ने तथा विधान संशोधन र भावी कार्यदिशाबारे छलफल गरिएको प्रतीष्ठानका सहसचिव कृष्ण भट्टराईले जानकारी दिएका छन्। प्रतिष्ठानले
सभाको निर्णयबाट प्रतिष्ठानको कार्यसमितीमा निर्विरोध निर्वाचित हुने पदाधिकारीहरुलाई प्रमाण पत्र र कुलपुजा देवालीमा विभिन्न माध्यमबाट योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रशंसा पत्र प्रदान गरेको थियो।




