६०औं बाल दिवसको अवसरमा सगरमाथा हिमाल दर्शन स्कुलले गर्यो विविध कार्यक्रम


Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैचा ३ मा रहेको सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुलले ६० औं राष्ट्रिय बालदिवस विभिन्न कार्यक्रम गर्दै मनाएको छ।बालबालिकामा लगानी , सुनिश्चित भविष्यको थालनी भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नृत्य, गायन, कविता वाचन सहित विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए।

बिद्यालयका प्रिन्सिपल विरेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुन्दरहरैचा वडा नं ३ का वडाअध्यक्ष विदुर प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो। शुक्रवार भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी ढुङ्गानाले
सगरमाथा बोर्डिङ स्कुल प्रगति पथमा लम्केको र सुन्दरहरैचा कै नमुना विद्यालय बन्न सक्ने बताउँदै बाल दिवसको अवसरमा शुभकामना मन्तव्य राख्नुभएको थियो। त्यसैगरी कार्यक्रमका विशेष अतिथि टोमबहादुर श्रेष्ठले विद्यालयको प्रगतिको कामना गर्दै बिद्यालयले आगामी दिनमा अझै राम्रो काम गर्ने कुरामा विश्वस्त रहेको बताएका छन्।

कार्यक्रमका सभाध्यक्ष दीपक ढुङ्गानाले सुन्दरहरैचाकै एउटा सफल र उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने र अझै राम्रो नतिजा ल्याउने प्रतिबद्धता प्रकट गर्नुभएको थियो। उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपलले बाल दिवसको शुभकामना दिँदै बालबालिकालाई प्रोत्साहन गर्नुभएको थियो।

बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा स्कुलले पत्रकारिताको माध्यमबाट समाजमा पुर्‍याएको योगदानको कदर गर्दै सुन्दरहरैचा अपडेटका प्रबन्ध निर्देशक शिव भट्टराई भोजपुरेलाई र गछिया जेसिजद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने विद्यार्थीहरूलाई सम्मान गरेको थियो।

आगामी दिनमा समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने र समाजलाई योगदान पुर्‍याउने काममा विद्यालय लाग्ने बिद्यालयका सञ्चालक बिदुर कुमार ढुङ्गानाले जानकारी गराउनु भएको थियो।यसै विद्यालयका नेपाली शिक्षक कालिदास कोइरालाले सञ्चालन गरेको उक्त कार्यक्रममा कार्यक्रम संयोजक शम्भु राईले स्वागत मन्तव्य राख्दै बाल अधिकार बारे प्रष्ट पार्नु भएको थियो ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार