प्याब्सन सुन्दरहरैचामा नँया नेतृत्व


Single Before Content Ad

शिव भट्टराई । सुन्दरहरैचा ।

निजी तथा आवासीय बिद्यालय अ‌र्गनाइजेशन प्याब्सन सुन्दरहरैचा नगरसमिती मोरङको तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।गत हप्ता सम्पन्न अधिवेशनले चयन गरेको नयाँ नेतृत्वको मंगलबार विराटचोकमा आयोजित पदस्थापन कार्यक्रममा घोषणा गरिएको हो।

सर्वसम्मत घोषित प्याब्सन सुन्दरहरैचा नगर समितिको अध्यक्षमा दिपक क्षेत्री, उपाध्यक्षमा टीका पराजुली, सचिवमा सूर्य दङ्‌गाल र कोषाध्यक्षमा नर्वदा क्षेत्री चयन हुन भएको छ। त्यसैगरी सदस्यहरुमा जीवन बस्नेत र तेज प्रसाद पौडेल रहनु भएको निर्वाचन समितिका अध्यक्ष प्याब्सनका केन्द्रिय सचिव हेमन्त कार्कीले घोषणा गर्नुभयो । निर्वतमान अध्यक्ष दिपेन राईको अध्यक्षतामा संचालित घोषणा तथा पद‌स्थापन कार्यक्रम सचिव टीका पराजुलीले सञ्चालन गर्नु भएको थियो ।

नव निर्वावित समितिलाई बधाई ज्ञापन गर्दै सुन्दरहरैचा नगरपालिका शिक्षा शाखा प्रमुख तेज बहादुर बहादुर आचार्यले शिक्षा विकासको क्षेत्रमा निजी क्षेत्रबाट सञ्चालित स्कूलहरुले महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंशा गर्नुभयो । त्यसैगरी निजि स्कूलहरुले राज्यलाई सघाई रहेकोले सरकारबाट समेत सकरात्मक सहयोग गर्नुपर्ने आवश्यकता रहेको कुरा सुकुना वहु‌मुखि क्याम्पसका सञ्चालक समिति अध्यक्ष केशव अधिकारीले बताउनु भयो।

शिक्षा क्षेत्रको विकासमा निजी श्रोतबाट सञ्चालित स्कूलहरुलाई राज्यको तर्फबाट कानुनी र व्यवहारीक सहयोग गर्न प्याब्सनका प्रदेश उपाध्यक्ष अर्जुन बस्नेत, जिल्ला सचिव जगत बस्नेत, नेल्टा कोशी पदेशका अध्यक्ष गुणराज नेपाल लगायतका वक्ताहरुले माग गर्नु भएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार