सुन्दरहरैंचाबाट केन्द्र स्तरीय तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी विदाई कार्यक्रम सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैंचा / जेष्ठ २९ गते 

मोरङ, सुन्दरहरैंचा —शिव भट्टराई / राष्ट्रिय तेक्वान्दो संघ नेपाल, सुन्दरहरैंचा नगर कार्य समितिको आयोजनामा केन्द्र स्तरीय राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी खेलाडीहरूलाई बिदाई कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय तेक्वान्दो संघ नेपाल तथा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा, सहिद स्मृति स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी दिनहरूमा काठमाडौँको गोकर्णेश्वर स्थित स्पोर्टस सिटी हलमा केन्द्र स्तरीय राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिकाबाट २२–५८ ओभर सम्मका खेलाडीहरू सहभागिता जनाउने छन्।

प्रतियोगितामा सहभागी हुन गएका खेलाडीहरूको सम्मान र हौसला बढाउन आयोजित बिदाई कार्यक्रममा नगर प्रमुख केदारप्रसाद गुरागाईं, हिमालय इङ्लिस स्कुलका संचालक तथा प्रिन्सिपल कमल खनाल, सामाजिक अभियन्ता नेत्र चौलागाईं लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा अतिथिहरूले खेलाडीहरूको सफलताको कामना गर्दै तेक्वान्दो खेलले राष्ट्र र नगरको नाम उच्च बनाउने विश्वास व्यक्त गरेका थिए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार