सुकुना मा. वि. बाट कोशी प्रदेशकै एउटै विद्यालयबाट सबैभन्दा बढी परीक्षार्थी एसईईमा सहभागी हुँदै


Single Before Content Ad

सुन्दरहरैचा ।

सुकुना माध्यमिक विद्यालय, सुन्दरहरैंचा-१०, मोरङबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६२६ जना विद्यार्थी सहभागी हुँदैछन्। भोलि, चैत्र ७ गतेदेखि सुरु हुने परीक्षामा कोशी प्रदेशकै एउटै विद्यालयबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुन लागेका हुन् ।

उक्त विद्यालयका ६२६ जना विद्यार्थी मध्य ६ जोडि जुम्ल्याहा ४ ओटा परीक्षा केन्द्रमा परीक्षा दिन लागेका छन्। जस अन्तर्गत शिक्षा निकेतन मा वि सलकपुरमा ४८९ जना, महेन्द्र मा वि सुक्रबारे मा - ८९ जना, कविर मा वि बेलबारीमा - ४७जना र शिक्षा सदन मा वि विराटनगरमा १ जना रहने छन्।

विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले सम्पूर्ण विद्यार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै अनुशासन, मर्यादा, र जिम्मेवारीको महत्त्व उजागर गरेका छन्। उनले भने, "अनुशासन र मर्यादा सुकुना मा. वि. को संस्कार हो। यसको पालना गर्दै विद्यार्थीहरूले उदाहरणीय भूमिका निर्वाह गर्नेछन्।"

विद्यालयले विद्यार्थीहरुलाई आत्मविश्वासका साथ परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गरेको छ। साथै, शिक्षालयले सबै विद्यार्थीलाई परीक्षामा इमानदारीपूर्वक प्रस्तुत भई सफल भविष्यको मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। विद्यालय परिवार, अभिभावक तथा सम्पूर्ण स्थानीय समुदायले परीक्षार्थीहरूलाई हौसला प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार