नेशनल प्याब्सनको सदस्य दिनप्रतिदिन बढ्दो अवस्थामा


Single Before Content Ad

सुन्दरहरैचा ।

निजि विधालयहरुको छाता संगठन एनप्याब्सन सुन्दरहरैचाको सदस्य दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको छ। पछिल्लो समय एनप्याब्सन सुन्दरहरैचाको सदस्य बढ्ने क्रममा मोरङको सुन्दरहरैचा ९ स्थित लिटल गार्डेन एकेडेमी स्कुलले नेसनल प्याब्सन (एनप्याब्सन) सुन्दरहरैचाको सदस्यता लिएको छ।

आईतबार लिटल गार्डेन एकेडेमी स्कुलमा भएको एक कार्यक्रममा एनप्याब्सन प्रदेश सहसचिव कमल खनाल, बेलबारी नगरअध्यक्ष पर्वत राई र ग्रामथान गाउँपालिका अध्यक्ष विजय माझीले प्रिन्सिपल ऋषिकेश पाठकलाई सो सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए।एनप्याब्सन सुन्दरहरैंचामा २० वटा भन्दा बढी विधालयहरु आबद्द रहेका छन्।

सो अवसरमा बोल्दै प्रिन्सिपल पाठकले एनप्याब्सन नयाँ विचारको धार लिएर अघि बढिरहेको अवस्थामा आफ्नो विचारलाई पनि त्यहाँ परिमार्जित गरेर कार्य गर्नको लागि एनप्याब्सनमा सदस्यता लिएको बताएका छन्।

केही दिन अघि सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा रहेको श्री इन्द्रपुर इङ्लिस स्कुलले पनि नेसनल प्याब्सन (एनप्याब्सन) को सदस्यता लिएको थियो। सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा प्रिन्सिपल खम्बसिंह बस्नेतलाई सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो।

पछिल्लो समय एनप्याब्सनको शैक्षिक गतिविधी र विधार्थीहरुको क्षमता अभिवृद्धिमा एनप्याब्सनले खेलेको भुमिकालाई मध्यनजर गर्दै एनप्याब्सन संग प्रदेश भरिका विधालयहरु आवद्ध हुन लागेको कोशी एनप्याब्सनका सहसचिव कमल खनालले बताएका छन् ।विशेष गरी विद्यार्थीहरूबीच खेलकुद, हाजिरजवाफ , साहित्य, कला, गीत, संगीत लगायतका विभिन्न कार्यक्रममा प्रतिस्पर्धा गराइने गरिन्छ। कार्यक्रममा सुन्दरहरैंचा एनप्याब्सन सचिव इश्वर ओझा समेतको उपस्थिति रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार